• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    सातैजनाको शव टिचिङमा पोष्टमार्टम हुँदै, कहाँ हुदैछ अन्तिम श्रद्धाञ्जली

    7.7K
    SHARES


    काठमाडौं : ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका सातैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंका ल्याइएको छ। पर्यटन मन्त्री रविन्द्र अधिकारीसहितको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको हो।

    खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा बिहानैदेखि उचित मौसमको पर्खाइमा रहेको सेनाको टोली काठमाडौंका लागि केही बेरअघि मात्रै प्रस्थान गरेको थियो।

    बुधबार भएको दुर्घटनास्थलबाट बिहीबार बिहान मात्रै सबै शव ल्याएर बिहानैदेखि विमानस्थलमा राखिएको थियो। शव बाेकेकाे सेनाकाे हेलिकप्टर बिहीबार बिहानै काठमाडाैंका लागि उड्ने तयारीमा रहे पनि बाक्लाे हिमपातका कारण अहिले बल्ल काठमाडाैं प्रस्थान गरेकाे थियो।

    हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

    नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने उल्लेख छ ।

    यसैबीच नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ । नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ ।

    मन्त्री अधिकारीको अन्त्येष्टि भने फागुन १७ गते उनको गृहनगर पोखरामा हुनेछ ।नेकपाले फागुन २३ गते पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

    यसअघि र्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् ।

    ‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ किलोमिटर वर आइपुग्ने वित्तिकै दुर्घटना भएको हो’, सुवेदीले भने ।

    उनका अनुसार तेह्रथुमको चुहानडाँडामा आयोजित एक कार्यक्रममा सहभागी भएर मन्त्री अधिकारीसहितको टोली पाथिभरा दर्शनका लागि गएको थियो । हाल मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवारी ७ जनाकै शव भेटिएको उनले बताए ।उनका अनुसार मन्त्री अधिकारी र उनका पीएसओ सेनाका जमदार अर्जुन घिमिरको शव पहिचान भएको छ । अन्यको भने शव पहिचान भएको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ