• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    काठमाडौँबाट पक्राउ परे नेकपाका नेता भुजेल, प्रहरीले गोप्य राख्यो राखिएको ठाउँ

    3.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एनसेलमाथि आक्रमण गरेपछि प्रहरीले नेता कार्यकर्ताको खोजी तिब्र पारेको छ । नेता कार्यकर्तालाई ब्यापक खोजी गरिरहेका प्रहरीले मंगलबार काठमाडौँबाट युवा नेता सूर्य भुजेललाई गिरफ्तार गरेको छ ।

    नेकपा निकट युवा संगठनमा आबद्ध भुजेललाई प्रहरीले काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । श्रोतका अनुसार दाइको छोरीको बिहेमा सहभागी भएका भुजेललाई पारिवारिक जमघट भएको पार्टी प्यालेसबाटै गिरफ्तार गरेको हो ।

    भुजेललाई ललितपुर प्रहरीले गिरफ्तार गरेको पुष्टि गर्दै नेकपाले तत्काल रिहाईको माग गरेको छ । उनलाई तत्काल रिहा नगरे सरकारले ठुलो मूल्य चुकाउनुपर्ने नेकपा मध्यकमाण्डले बताएको छ ।

    एनसेलमाथि पार्टीले आक्रमण गरेको जिम्मा लिदै केहीदिन पहिला नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले प्रहरीले आफ्ना नेता कार्यकर्तालाई थप दु:ख दिए कडा प्रतिरोध गर्ने चेतावनी दिएका थिए ।

    सुदर्शनले यस्तो चेतावनी दिएको एक हप्ता पनि नबित्दै प्रहरीले नेकपाका युवा नेता भुजेललाई गिरफ्तार गरेको हो । कलंकीबाट ललितपुर प्रहरीले गिरफ्तार गरेका भुजेललाई कहाँ राखिएको छ भन्नेबारे पारिवारिक श्रोतलाई समेत जानकारी नदिएर बेपत्ता पार्न खोजेको आफन्तहरुले बताएका छन् ।

    कडा सुरक्षा ब्यबस्था रहेको राजधानीमै नेकपाले एनसेलमाथि कारबाही गरेपछि नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाएको प्रहरीले भुजेललाई गिरफ्तार गरेपछि नेकपा र सरकारबीच संघर्ष चर्किने देखिन्छ ।

    नेकपाका नेता सुदर्शनले आफ्ना नेता कार्यकर्तालाई दुख दिए पार्टीले प्रतिरोध गर्ने चेतावनी दिएको केहीदिन नबित्दै प्रहरीले गिरफ्तार गर्न सुरु गरेपछि नेकपा र सरकारबीच टकराब बढ्ने अनुमान गरिएको छ ।

    गिरफ्तार गरिएका नेता भुजेललाई कहाँ राखिएको छ भन्ने जानकारी नदिएको प्रहरीले भने एनसेलमाथि गरिएको बम आक्रमण र आगजनीको मुद्दा लगाउने तयारी गरिरहेको छ । नेकपाले फागुन १० गते एनसेलको मुख्यालय नक्खुसहित देशभरका टावरमा बम बिस्फोट र आगजनी गरेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ