• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    युवा सङ्गठन नेपाल रुकुम पश्चीमको तेस्रो सम्मेलन हुदै, यस्तो छ भब्य तयारी

    5.7K
    SHARES

    रुकुम । नेपाल कम्युनिष्ट पार्टीको युवा दस्ता, युवा सङ्गठन नेपाल रुकुम (पश्चीम)को तेस्रो सम्मेलन हुने भएको छ । आगामी फागुन १७ र १८ गते खलङ्गा मुसीकोटमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको युवा सङ्गठन नेपाल रुकुम (पश्चीम) का संयोजक भाष्कर मल्लले संचारकेन्द्रलाई जानकारी दिए ।

    ‘सम्मेलन सम्पन्न गर्नका लागि जेजति पनि आवश्यक तयारी गर्नुपर्ने हो त्यो भईरहेको छ र अन्तिम चरणमा पुगेको छ भन्दा फरक पर्दैन।’ संयोजक मल्लले भने- ‘सम्मेलनका लागि पार्टीका केन्द्रीय नेताहरु, हाम्रो सङ्गठनका केन्द्रीय अध्यक्ष र महासचिव कमरेड लगायतका अथितिहरुलाई आमन्त्रण गरेका छौं ।’

    मल्लका अनुसार आगामी शुक्रबार १७ गते  सम्मेलनको उद्घाटन हुनेछ । उक्त कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीसहित केन्द्रीय महासचिव सागर, नेकपा केन्द्रीय सदस्यद्वय चिरन पुन र श्यामबहादुर बोहरा ‘अटल’,दैलेख जिल्ला इञ्चार्ज बिबेक, रुकुम पश्चिम् सेक्रेटरी चन्द्र बुढा, रुकुम पुर्व सेक्रेटरी नरेन्द्र बिक र युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक योगी लगायतका नेताहरु सहभागी हुनेछन् ।

    सदरमुकाम मुसिकोट खलंगामा १८ गतेसम्म चल्ने सम्मेलनले युवा सङ्गठन नेपाल रुकुम पश्चीमको नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको उद्घाटन सत्रमा जिल्लाभरीबाट करिब १० हजार बढी नेता कार्यकर्ता, शुभचिन्तक समर्थकको सहभागीता रहने आयोजकको अनुमान छ । नेकपाको आधार इलाका मानिने रुकुम पश्चीममा पार्टी पुनर्गठन भएपछिकै दोस्रो ठुलो कार्यक्रम युवा सङ्गठनले गर्न लागेको हो ।

    देशमा समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले यतिबेला सङ्गठन सुदृढ तथा विस्तार अभियन-२ पनि तिब्र पारेको छ । अभियानकै क्रममा नेकपा केन्द्रीय सदस्यद्वय पुन र बोहरा पनि रुकुम पुगेका छन् । देशमा ब्याप्त भ्रष्ट्राचार, बिभिन्न घोटाला, कमिसन र दलालीका बिरुद्ध समेत नेकपाले संघर्षलाई पेचिलो बनाउदै लागेको छ ।

    सोहि अन्तर्गत गत शुक्रबार मात्रै नेकपाले ७२ अर्ब घोटाला गर्दै आएको एनसेलमाथि हमला गरेरे कारवाही गरेको जनाएको थियो ।

    प्रतिक्रिया