• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    गृहमन्त्री परिवर्तन गर्न ओली-प्रचण्ड सहमत, बादलको ठाउँ लिदैछन् जनसेनाका यी पूर्व कमान्डर

    13.4K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ मुख्य नेताहरुले मन्त्री फेरबदलको अन्तिम गृहकार्य गरेका छन् । २ तिहाईको सरकार भएपछि जनतालाई कुनै फरक अनुभूति दिलाउन नसकेको अवस्थामा सत्तारुढ नेकपाका २ अध्यक्ष केपी ओली र प्रचण्ड भने मन्त्री  र मन्त्रालय फेरबदलको गृहकार्यमा लागेका हुन् ।

    बालुवाटार निकट स्रोतका अनुसार बढीमा तीन जना नयाँ अनुहार ल्याउने तयारी भएको छ भने केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर हुने देखिएको छ । नयाँ मन्त्रीमा जनमुक्ति सेनाका पूर्व कमान्डर जनार्दन शर्मा ‘प्रभाकर’ र सुरेन्द्र पाण्डेका नाममा सहमति भइसकेको छ । तर अन्य एकको नाम भने अझै टुंगो लागिनसकेको स्रोतले बतायो ।

    नयाँ तीन मन्त्री थपिने भएपछि वर्तमान तीन मन्त्री विदा हुने लगभग पक्कापक्की भएको छ । कुनै अबरोध नभए विदा हुनेको सूचिमा भौतिक योजनामन्त्री रघुविर महासेठ, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी र कृषिमन्त्री चक्रपाणी खनालको नाम रहेको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि विदा दिने पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । तर अर्थमन्त्री खतिवडाले परिणाम निकाल्न केही समय मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मनसाय फेरिएको छ । खतिवडालाई एउटा मौका दिन सोचमा उनी पुगेका छन् ।

    रिक्त रहेका मन्त्रालयमै नयाँ मन्त्रीको पदपुर्ति भने नगरिने बालुवाटार स्रोतले जनाएको छ । लगभग आधाभन्दा बढि मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने तयारी नेकपाका दुई अध्यक्षले गरेका छन् ।

    मन्त्रीको हेरफेरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा पर्ने लगभग निश्चित छ । गृहमन्त्रीमा जनार्दन शर्मालाई ल्याउने दुई अध्यक्षबीच सहमति भइसकेको छ भने सुरेन्द्र पाण्डेका बिषयमा मन्त्रालय टुंगीसकेको छैन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पाण्डेलाई अर्थमन्त्री नै बनाउन चाहेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली डा. खतिवडालाई नै अहिलेलाई जिम्मा दिने पक्षमा छन् ।

    भौतिक मन्त्रालयको जिम्मा रामबहादुर थापालाई दिने तयारी गरिएको छ भने पर्यटनमन्त्रीको जिम्मा गोकुल बास्कोटालाई दिने तयारी गरिएको छ । भौतिक मन्त्रालयमा प्रदीप ज्ञवालीले पनि दावी गरिरहेका छन् ।

    किन हुदैछ गृहमन्त्री परिवर्तन ?

    पूर्व माओवादी नेता बादलले ठ्याक्कै १ बर्ष अगाडी अर्थात् ०७४ फागुनमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । थापासँगै एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बनेका थिए भने युवराज खतिवडा अर्थमन्त्री बनेका थिए। त्यस्तै अर्का माओवादी नेता मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए ।

    यी चारै मन्त्रीमध्ये इश्वर पोख्रेल बाहेक अन्य ३ मन्त्रीको कार्यशैलीप्रति ओली-प्रचण्ड असन्तुष्टि पोख्दै आएका छन् । तर खतिवडाको बचाउमा प्रधानमन्त्री आफै लागे पनि थापा र यादवको सन्दर्भमा मन्त्रालय फेरबदल हुने निस्चित बनेको छ ।

    खासगरी प्रदेश र प्रतिनिधि चुनावमा बहिष्कारको रणनीति लिएको विद्रोही नेकपामाथि व्यापक दमन र धरपकड गर्न बादल, ओली सरकारले चाहेजति सफल रहेनन् ।

    त्यतिबेला ओली बादलसँग खासै खुसी थिएनन् भने प्रचण्ड पनि असन्तुष्ट नै थिए । त्यसपछि निर्मला बलात्कार र हत्या काण्डपछि कञ्चनपुरमा भड्कीएको हिंसा नियन्त्रणमा गृहमन्त्री बादलले स्थिति काबुमा राख्न नसकेको भन्दै ओलीले प्रचण्डसामू गुनासो नै राखेका थिए ।

    निर्मला बलात्कार- हत्याकाण्डपछि सत्तारुढ नेकपाकै विद्यार्थी सङ्गठनले राजीनामा मागेको थियो । प्रधानमन्त्री ओली बादलको काम कारवाहीप्रति पहिलेदेखि नै असन्तुष्ट रहेको जनाइएको छ । पछि बादललाई हटाएर विशेषगरी चुनावमा हारेका तत्कालीन एमाले नेता वामदेव गौतमलाई गृहमन्त्री बनाउने गरी ओली-प्रचण्ड गृहकार्यमा जुटेकोका थिए । तर पार्टीभित्रबाटै व्यापक बिरोध भएपछि गौतम आफै व्यक भए ।

    मन्त्रिपरिषद बिस्तार हुनुपूर्व तत्कालिन अवस्थामा अर्का नेता बर्षमान पुन पनि गृहमन्त्रीका प्रवल दावेदार थिए । पुनलाई नै गृहमन्त्री बनाउन पनि छलफल भएको थियो । प्रचण्डले पनि पुनलाई नै गृहको जिम्मा दिने मनसाय बनाएर त्यहि अनुसार पार्टीमा छलफल गरेका थिए । तर ओली भने बादल या प्रभाकरमध्ये १ हुनुपर्ने निष्कर्षमा थिए । ठिक त्यहि समय बादलले आफुले गृहमन्त्री पाए देशभर शशक्तरुपमा चुनाव खारेज अभियान चलाइरहेको नेकपालाई तह लगाउने आश्वासन ओली-प्रचण्डलाई दिएर मन्त्री पद लिएको पनि बताइन्छ ।

    त्यतिबेला बादललाई गृहमन्त्री बनाएपछि पुनले अध्यक्षप्रचण्डलाई फोन गरेर आफूलाई धोका भएको भन्दै सरकारमा नजाने धम्की समेत दिएका थिए।

    भदौसम्म आइपुग्दा गृहमन्त्री बादलसँग चरम असन्तुष्ट रहेका ओलीले पूर्वलडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर गत भदौमा बादलसंग २४ घण्टे स्पष्टीकरण सोधेका थिए । ठिक त्यहिबखत पूर्व एमालेजन पनि बादलको कार्यशैलीको आलोचना गर्न थाले ।

    अहिलेको अवस्थामा भने एनसेलमाथि नेकपाले कारवाही गरेपछि सुरक्षा थ्रेड बढेको भन्दै ओली सरकार भित्रभित्रै आत्तिएको भए पनि बाहिर भने खासै फरक नपरेको देखाईरहेको छ ।

    तर भित्रभित्रै बादलको ठाउँमा प्रभाकरलाई ल्याउने तयारीमा ओली-प्रचण्ड छन् । भदौमै पनि निर्मला हत्याकाण्डको बिषयमा बादलले दोषी पत्ता लगाउन र शान्तिसुरक्षा स्थापना गर्न असफल बनेको बह्न्दै ओली-प्रचण्डबीच यस विषयमा ३ घण्टा लामाे गम्भिर छलफल भएकाे नेकपा उच्च स्रोतले संचारकेन्द्रलाई जानकारी दिएको थियो ।

    केहि दिन यता विकशीत घटनाक्रमले सरकारको चाैतर्फी आलोचना सुरु भएपछि ओली-प्रचण्डले बालुवाटारमा अतिगोप्य छलफल गरेर मन्त्री फेरबदलको तयारी गरेको बुझिएको छ ।

     

    प्रतिक्रिया