News Portal

  • कहाँ लुकेर बसेको छ निर्मलाको हत्यारा, यस्तो भन्छन् अधिवक्ता बद्री भुसाल

    संचारकेन्द्र संवाददाता
    १७८ पटक

    काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याको प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीविरुद्ध उजुरी गर्दा पनि कारबाही नभएको वकिलहरूले बताएका छन् ।

    ‘घटनामा प्रमाण मेटाउने मात्र होइन, निर्दोषलाई पक्रेर यातना दिनेसम्मका काम कञ्चनपुर प्रहरीबाट भएका छन्,’ अधिवक्ता बद्री भुसाल भन्छन्, ‘यो नेपालको फौजदारी कानुनअनुसार आफैंमा अपराध भएकाले कारबाही होस् भनी हामीले एफआईआर दर्ता गर्‍यौं तर उनीहरूलाई पक्रने काम अहिलेसम्म भएको छैन ।’

    निर्मलाकी आमा दुर्गादेवी र यातना पाएका दिलीपसिंह विष्टका दाजु खडगसिंहलगायतले पुस ३ गते कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत तत्कालीन प्रहरी नायब उपरीक्षक अंगुर जीसी, तत्कालीन प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सिठी र तत्कालीन प्रहरी निरीक्षक एकीन्द्र खडकालगायत ८ जनाविरुद्ध जाहेरी दिएका थिए । सामान्य मानिसलाई पक्राउ गरी थुनामा राख्ने प्रहरीले आफ्ना अधिकारीलाई सोधपुछसम्म नगरेको अधिवक्ता भुसालले बताए ।

    ‘फौजदारी दायित्व लाग्ने उजुरी परेपछि अभियुक्तहरूलाई पक्राउ गरी कारबाही गर्नु प्रहरीको कर्तव्य हो,’ निर्मलाको परिवारलाई कानुनी सहायता गर्दै आएको संस्था शान्तिका लागि साझा अभियानका अध्यक्षसमेत रहेका भुसालले भने, ‘सरकारले गठन गरेको छानबिन समितिले समेत प्रतिवादीलाई प्रमाण मेटाएकामा दोषी ठहर गरी जागिरबाट निलम्बन गरेको अवस्थामा परेको एफआईआरमाथि गम्भीर अनुसन्धान हुनुपर्ने हो तर यहाँ सुनुवाइ नै नभएसरहको अवस्था छ ।’

    जाहेरीमा मुलुकी फौजदारी संहिताको दफा ८९, ९२, ९३ र ९९ अनुसार डिल्लीराज विष्टलगायतलाई कारबाही हुनुपर्ने उल्लेख छ । यी दफामा अनुसन्धान अधिकारीले बदनियतपूर्वक अनुसन्धान गरे, प्रमाण नष्ट गरे वा निर्दोषलाई अभियोजन गरे दण्डभागी हुने व्यवस्था छ ।

    प्रहरीले भने उजुरी पर्दैमा पक्राउ नै गर्नुपर्छ भन्ने नभएकाले उनीहरूलाई खुला राखेरै अनुसन्धान अघि बढेको जनाएको छ । ‘उजुरी आइसकेपछि अनुसन्धान अधिकृतले अभियुक्तहरूलाई थुनामा राखेर वा खुलै राखी अनुसन्धान सुरु गर्छ,’ प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले भने, ‘थुन्ने/नथुन्ने अधिकार अनुसन्धान अधिकृतसँग हुन्छ, अभियुक्त भाग्दैनन् भन्ने लागे थुनिरहनु पर्दैन ।’ निर्मला घटनासँग सम्बन्धित अभियुक्त प्रहरीहरू भाग्न सक्ने अवस्था नभएकाले थुन्नु आवश्यक नरहेको उनले बताए ।

    २०७५ फागुन १० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...