News Portal

  • केसीको मुक्काले तस्कर घिसिङको दाँत झर्‍यो, सुटुक्क मुद्दा मिलाउन खोज्दा एसपी खत्रीको बेहाल

    संचारकेन्द्र संवाददाता
    २४६ पटक

    काठमाडौं। बदनाम दुई ठेकदारको कारण प्रहरीका एक अधिकृत फेरि विवादमा तानिएका छन् । लेनदेनको मुद्दा मिलाउन खोज्दा नेपाल प्रहरीका एसपी भूपेन्द्र खत्री विवादित बनेका हुन् ।

    चिनजान र साथीभाईको नाताले आफ्नो क्षेत्रअधिकार भन्दा बाहिर गएर दुई ठेकेदारलाई कार्यकक्षमा बोलाएर ६ करोडको लेनदेन मुद्दा मिलाउन खोज्दा एसपी खत्री विवादमा तानीएका हुन् ।

    नेपाली सेनामा रासनको सप्लाई गर्दै आएका दोलखाका चन्द्र घिसङ र अर्का व्यक्ति तथा मिटर व्याजमा पैसा लगानी गर्दै आएका मिन केसीको आर्थिक लेलदेनको मुद्दा मिलाउन गत साता एसपी खत्रीले आफू कार्यरत नेपाल प्रहरीको महाराजगंन्जस्थित तालिम केन्द्रमा दुई बोलाएका थिए ।

    प्रहरी नायव निरक्षकबाट राजीनामा दिएका मिन केसीको योजनामा ठेकदार तथा कुनै ताकाका नामुद चन्दन तस्कर घिसिंङलाई एसपी खत्रीले फोन गरेर तालिम केन्द्रमा बोलाएका थिए ।

    दश बर्षदेखिका चिनजान रहेका घिसिङ एसपी खत्रीको बोलावटसँगै तालिमकेन्द्र पुगेका थिए । एसपी खत्रीको कार्यकक्षमा खत्रीसहित गत सातामात्र एसपीमा बढुवा सिफारिस भएका डिएसपी रबिन्द्र रेग्मी र मिन केसी थिए । मिन केसीले आफ्नो पैसा एक बर्षदेखि नदिएको भन्दै घिसिङलाई झपार्न थाले ।

    घिसिङले पैसको लागि केही समय लाग्ने जवाफ दिन साथ मिन केसीले घिसङको अनुहारमा मुक्का प्रहार गरे । केसीको मुक्काबाट घिसिङको अगाडीको दाँत छरेको स्रोत बताउँछ । घिसिङको दाँत छरेपछि एसपी खत्रीले उनलाई तत्काल

    अस्पलात लैजाउ भन्दै डिएसपी रेग्मीको जिम्मा लगाएर बाहिर पठाएको तालिम केन्द्र स्रोत बताउँछ ।

    दवबै विवादित व्यक्तिसँग प्रहरीमा राम्रा अधिकृतका रुपमा चिनिएका एसपीको यो साईनो र पैसा उठाउने धन्दाले उनको चरित्रको उजागर समेत गरेको छ । कानुनका रक्षक मानिने नेपाल प्रहरीका अधिकृतले गैर कानुनी तरिकाबाट बजारमा परिचित केसी र घिसिङको आर्थिक लेनदेनको अवैध धन्दाको हिसाब मिलान गर्न किन आबाश्यक प-यो ?

    कमिशनको चक्कर हो या केसीको अबैध लगानीमा प्रहरीका यी अधिकृतको पनि लगानी हो भन्ने प्रश्न उब्जिएको छ । सेनामा नक्कली सामान सप्लाई गरेर व्याकलिस्टमा परेका घिसिङ कुनै बेला बिचौलियाको धन्दा समेत गर्थे ।

    प्रहरी ईन्काउन्टरमा मारिएका कुमार घैंटेलाई हातहतियार मुद्दाबाट छुटाउने नाममा उनले राम्रौ पैसा असुलेका थिए । गुण्डागर्दीमा नाम मुछिएका व्यक्तिलाई प्रहरी लगाएर पक्राउ गराउने र आफै डिल गरेर छुटाउने गरेको आरोप उनी माथि गुण्डा सर्कलले लगाउने गरेको छ ।

    चन्दन तस्कर गरेर केही पैसा कमाएका घिसिङ पछिल्लो समय सेनामा ठेक्का पट्टाको र रासनको सप्लाई गर्दै आएका छन् । केसी भने प्रहरीबाट जागिर छाडेर मिटर व्याजको धन्दामा सक्रिय छन् ।

    नेपाल प्रहरीका हाकिमको नाम बेच्दै प्रहरीको हाकिमको पैसा भन्दै केसीले मिटर व्याजमा लगानी गर्दै आएका छन् । घिसिङलाई तिन करोड दिएर केसीले १२ करोडको चेक लिएको स्रोत बताउँछ । साभार: जनप्रहार साप्ताहिक

    २०७५ फागुन ७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...