News Portal

  • सैनिक कानुन, सेनापतिले मात्र जानून्

    संचारकेन्द्र संवाददाता
    ८४ पटक

    काठमाडौं । प्रधानसेनापति मात्र होइन, सेनाको माथिल्लो दर्जाका अधिकृतले पनि कागजपत्र किर्ते गरेको विषय पटकपटक उठ्ने गरेको छ । तर, कारबाही हुने–नहुने प्रधानसेनापतिको विवेकमा भर पर्दै आएको छ । आफूनिकटलाई नियम मिचेर पनि अवसर दिने, अरूलाई त्यही अस्त्र देखाएर कारबाही गर्ने, राजीनामाका लागि बाध्य पार्ने काम हुँदै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

    उमेर सच्याएको भन्दै २७ कात्तिक ०७० मा जंगीअड्डाले सहायक रथी हेम खत्रीलाई बर्खास्त ग-यो । सेनामा उपरथी बन्न आवश्यक मानिने नेसनल डिफेन्स कोर्स (एनडिसी) ५३ वर्ष उमेरभित्रै गरिसक्नुपर्ने प्रावधान छ । तर, खत्रीले सेनामा प्रवेश गर्दा भरेको विवरणअनुसार ५३ वर्षभन्दा २ दिन ढिला एनडिसी गरेको देखियो । सैनिक अभिलेखमा खत्रीको जन्ममिति २१ जेठ ०१६ उल्लेख छ, २१ जेठ ०६९ मा एनडिसी सक्दा उनी ५३ वर्ष २ दिन पुगेको देखियो ।

    २ दिन कटेको भनेर खत्रीलाई कारबाही गर्ने तत्कालीन प्रधानसेनापति गौरवशमशेर जबराले आफूनिकटका सहायक रथी ज्ञानेन्द्रजंग रायमाझी र आमोदनरसिंह राणालाई भने ५३ वर्ष कटिसकेपछि एनडिसी कोर्स गर्न पठाए । १७ जेठ ०१७ मा जन्मिएका रायमाझीले १७ जेठ ०७० मा ५३ वर्ष पूरा गरिसकेका थिए । १४ जेठ ०१७ मा जन्मिएका अर्का सहायक रथी राणाको पनि उमेर ५३ वर्ष पूरा भइसकेको थियो ।

    त्यसवेला चौथो वरीयतामा रहेका सैनिक सहायक हिमालय थापालाई बढुवा गर्नकै लागि कोर्स सकेर फर्केको एक वर्षपछि खत्रीमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो । खत्रीकै प्रकरणमा जोडेर जबराले सेनापतिसम्म हुने सम्भावना बोकेका अर्का उपरथी प्रेमप्रकाश थापामगरलाई १७ कात्तिक ०७० मा बर्खास्त गरे ।

    खत्रीलाई ७ असार ०६८ मा पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटी इस्लामाबादमा नेसनल सेक्युरिटी र वार कोर्स गर्न सिफारिस गर्ने बोर्डको सदस्यसचिव थिए मगर । ‘खत्रीले पेस गरेको झुटो विवरण आधिकारिक यकिन नगरी पेस गरेको’ आरोपमा मगरलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको थियो । जब कि, उक्त बोर्डको अध्यक्ष त्यसवेला निरीक्षणाधिकृत उपरथी रहेका जबरा स्वयं थिए ।

    जबरा अध्यक्ष रहेको बोर्डमा तत्कालीन उपरथीहरू नेपालभूषण चन्द (पछि रथी), रामबहादुर गुरुङ, डम्बरसिंह गुरुङ र दमनबहादुर घले सदस्य थिए । पुनरावेदन गरेको झन्डै ३० महिनापछि ०७३ जेठ १३ मा उपरथी प्रेमप्रकाश थापामगर सैनिक विशेष अदालतबाट निर्दोष ठहर भए । पुनरावेदन अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अध्यक्ष, रक्षासचिव महेशप्रसाद दाहाल र नेपाली सेनाको प्राड विभाग (कानुनी विभाग) प्रमुख उपरथी होमकुमार लावती सदस्य रहेको विशेष अदालतले थापालाई निर्दोष ठहर ग-यो ।

    न्यायिक प्रक्रियामा भएको ढिलाइका कारण ०६८ चैत २३ मा उपरथी बनेका मगर पहिलो तीनवर्षे पदावधि सकेर अवकाश भइसकेका थिए । कारबाहीमा नपरेको भए उनको पदावधि दुई वर्ष थपिने थियो ।

    २०७५ फागुन ६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...