News Portal

  • ओली-प्रचण्डका कार्यकर्ताको धम्कीपछि पशुपति शर्माले फेसबुकमा लेखे यस्तो स्टाटस, फ्यानहरु दुखी

    संचारकेन्द्र संवाददाता
    ५०७८ पटक

    काठमाडौं । सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको धम्की, तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ ।

    गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए भने युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो ।  ‘राजनीति कत्तिको गर्नु हुन्छ थाहा छैन तर तपाई राजनीति राम्रो बुझ्नुहुन्छ भन्ने हाम्रो ठम्याई हो ।’ उक्त पेजमा शर्मालाई धम्की दिदै लेखिएको छ- ‘त्यसैले समयमै आफ्ना ज्ञात,अज्ञात गम्भिर त्रुटीहरु सच्याउन अनुरोध गर्छु अन्यथा यो असह्य प्रस्तुतीका कारण एक चर्चित कलाकारको करीयरमा असर पर्न सक्ने कदमका लागी हामी बाध्य हुनु नपरोस ।’

    कार्यकर्ताहरूको आक्रोशबाट आजित भएपछि गायक शर्माले शनिबार साँझ गीतमा प्रयोग भएका केही शब्दमा विवाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका हुन् ।

    शुक्रबार रिजिल भएको उक्त गीतमा प्रयोग भएका केही शब्दमा विवाद सिर्जना गरेकाले आफूले अहिले अपलोड भएको गीत हटाएर परिमार्जन गर्ने उनले बताएका छन् । शनिबार साँझ उनले गीत युट्युवबाट हटाएर फेसबुकमा लामो स्टाटस लेखेर आफ्नो उद्देश्य देशमा सुशासन कायम होस् भन्नेमात्र रहेको र कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर गीत नबनाएको बताएका छन् ।

    ‘मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु’ शर्माले भनेका छन् ।

    उनको गीतमा ठूला नेताले भ्रष्टाचार गरे पनि कार्यकर्ता बोल्न नसकेको, वाइड बडी खरिदमा भएको भ्रष्टाचार, सुनकाण्डलगायतका विषयमा पनि उनले सरकारलाई ब्यंग्य गरेका छन् । पशुपतिले सो गीत आफ्नो अकाउन्टबाट हटाए पनि गीतका फ्यानहरूले बिभिन्न युट्युब पेजमा यो गीत अपलोड गरेर सेयर गरिरहेका छन् भने फेसबुक र ट्वीटरमा समेत यो गीत पुनः अपलोड र सेयर गर्ने अभियान नै चलाइएको छ ।

    गायक शर्माको प्रष्टीकरण जस्ताको तस्तै:

    आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार ! हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु ।

    सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।

    सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताबिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु । धन्यवाद । पशुपति शर्मा

    यस्तो थियो शर्मालाई युवासंघ नेपालको फेसबुक पेजबाट आएको धम्कीपूर्ण स्टाटस जस्ताको त्यस्तै

    ‘पशुपति शर्माका कार्यक्रमहरु आ-आफ्नो ठाउँमा शशक्त बहिस्कार गर्न गराउनु हुन सम्पूर्ण युवा साथिहरुमा हार्दिक अपिल गर्छु ।
    उनको राजनीतिक झुकाब र चरीत्रको बिषबै प्रस्ट नै छन तर एक ब्याबसायिक कलाकारको प्रस्तुतिमा योजनाबद्द हिसाबले कम्युनिस्ट पार्टीलाई खुईल्याउदै चुनाबी गीत जस्तो गरी काङ्रेसको पक्षपोशण गरेको देखिन्छ l धेरै बिषय राम्रा उठाई रहदा केहि बिषयबाट कम्युनिस्ट पार्टीमाथि प्रहार नियत स्पष्ट देखिन्छ l

    बिदेशी पाहुना लगायत भिभिआईपीहरुका लागी सेनाले खरिद गरेको हेलिकप्टरको प्रसंगलाई जोड्दै सम्मानानीय राष्ट्रपतिज्युको चरीत्र र प्रतिष्ठा हत्याको प्रयास भएको छ l “यमराजको शाशन” शब्द प्रयोग गरिरहदा कम्युनिस्ट पार्टीको झण्डा देखाउनु पछिको नियत के हो ?

    ३) सत्ता अहिले कम्युनिस्ट पार्टिको नेतृत्वमा छ यसर्थ उनले इङित गरेको “कार्यकर्ता” भन्ने शब्द पनि कम्युनिस्ट पार्टीकै कार्यकर्ताप्रति लक्षित देखिन्छ र जसलाई उनले कुकुरसँग तुलना गरेका छन, यो कुन तहसम्मको तुच्छताको पराकास्टा हो ? निचता र कुसस्कृत मानसिकताको पराकास्टा ।

    पशुपतिजीलाई हेक्का होस, आफ्नो हैसियतको!! अनि हाम्रा कार्यकर्ताको हैसियत, योग्यता, क्षमता हेर्ने र बुझ्ने आफ्नो क्षमता बृद्धि गरेर आउँदा हुन्छ । हरेक क्षेत्रमा अब्बलता पुष्टि गर्न तैयार छन उनीहरु । तुलनात्मक रुपमा हेर्ने हो भने दलाली,तस्करिको बारेमा ज्यादा समाचार आईरहने तपाईंकै क्षेत्रभित्रका बिकृती र बेथितीप्रति कत्तिको हेक्का राख्नु भाछ ?

    वाइडबडिको कुरा उठाएका छन ठिक छ तर तत्कालिन सरकार र पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउबा र कांग्रेसको बारेमा कही कतै कुनै संकेत देखिन्न उल्टै मिनेन्द्र रिजाल मार्फत कांग्रेसलाई नै राम्रो देखाउने नियत देखिन्छ । यसर्थ पशुपतीजी केहि पंक्तिको वाही वाही पाउनु होला तर यसको दुरगामी प्रभाब कस्तो पर्छ हेक्का रहोस राजनीति नै गर्नेभए प्रतिस्पर्धामा आउनुस झन्डा बोकेर र प्रतिद्वन्दताका लागि तैयार रहनुस ।

    राजनीति कत्तिको गर्नु हुन्छ थाहा छैन तर तपाई राजनीति राम्रो बुझ्नुहुन्छ भन्ने हाम्रो ठम्याई हो । त्यसैले समयमै आफ्ना ज्ञात,अज्ञात गम्भिर त्रुटीहरु सच्याउन अनुरोध गर्छु अन्यथा यो असह्य प्रस्तुतीका कारण एक चर्चित कलाकारको करीयरमा असर पर्न सक्ने कदमका लागी हामी बाध्य हुनु नपरोस ।

    पुनश्च याद रहोस बिकृती बिसंगतीका तमाम बिषयहरु उठाउन खोज्नु भो तर अधिकांश यो मुलुकमा शाशन सम्हालेको नेपाली काँग्रेसलाई केहि कोड गरिएन तर केवल केहि मिडियाका समाचार र टिप्पणीलाई आधार बनाएर पुर्बाग्रही ढङगबाट आएको यो प्रस्तुती यदि “चुनाबी गित” भएको भए हामी पनि त्यही रुप्मा लिने थियौ ।’

     

    २०७५ फागुन ५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...