• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    आठबुँदे मागसहित कान्तिपुर कम्युनिटी हेल्थ सर्विस कलेजमा क्रान्तिकारीको तालाबन्दी, विज्ञप्ति

    3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले ८ बुँदे माग राख्दै कान्तिपुर कम्युनिटी हेल्थ सर्विस कलेजको प्रशासन साखामा तालाबन्दी गरेकाे छ ।

    अखिल क्रान्तिकारी सिटीइभिटी उपत्यका जिल्ला समिति सचिव सन्तोष खड्काले बिहिबार एक विज्ञप्ति जारी गर्दै उक्त कलेजमा तालाबन्दी गर्नुका कारण सार्वजनिक गरेका छन ।

    कलेजले सिटीइभिटीको मापदण्डअनुसार तोकेको शुल्क निर्धारण गरी अनियमितता गरेर लिएको रकम अबिलम्ब फिर्ता गर्नुपर्ने, कलेज पोशाकको नाममा गरिएको अनियमितताबारे तत्काल छानविन हनुपर्ने र कलेजमा सफा र शुद्ध पिउने पानीको ब्यबस्था गर्न समेत क्रान्तिकारी गरेको छ ।

    त्यस्तै सर्वसुलभ तथा उपयुक्त बातावरणमा क्यान्टिनको व्यवस्थापन हुनुपर्ने, इन्टरनेटसहितको पुस्तकालय हुनुपर्ने, क्यारकुलमअनुसार उचित प्रकारको खेलकुद, सम्पुर्ण विद्यार्थीलाई पाठ्यक्रमको उचित ब्यबस्था हुनुपर्ने र आकस्मिकरुपमा बिरामी परेका विद्यार्थीहरुलाई प्राथमिक उपचारका साथै अस्पतालसम्म पुर्याउनुपर्ने ब्यबस्था हुनुपर्ने माग पनि क्रान्तिकारीले राखेको छ ।

    कलेज प्रशासनसँग यी विषयमा छलफल गर्दै आएपनि आनाकानी गरेपछि आमा विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर तालाबन्दीमा उत्रिनुपरेको क्रान्तिकारीले संचारकेन्द्रलाई बतायो ।

    आफ्ना मागहरु तत्काल पुरा गरेर विद्यार्थीहरुलाई ढुक्कसँग पढ्नपाउने बातावरण बनाउन पनि क्रान्तिकारीले कलेज प्रशासनसँग माग गरेको छ । क्रान्तिकारीले सिक्षा क्षेत्रमा जारी विकृति विसंगतिका बिरुद्ध बिगत लामोसमयसदेखि चरण चरणमा आन्दोलन गर्दै आएको छ ।

    प्रतिक्रिया