News Portal

  • भृकुटीमण्डपमा बृहत कर्णाली महोत्सव हुदैँ, १ लाख बढीले अवलोकन गर्ने अनुमान

    संचारकेन्द्र संवाददाता
    १५६ पटक

    काठमाडौं । कर्णाली प्रदेशको इतिहास, कला संस्कृति, जीवनशैली झल्कने गरी यही फागुन ३, ४ र ५ गते काठमाण्डौको भृकुटीमण्डपमा बृहत कर्णाली महोत्सवको आयोजना हुने भएको छ ।

    “हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरूको उत्सव” भन्ने नारा सहित आयोजना हुने प्रर्दशनीमा गौरवमय इतिहास बोकेको कर्णालीको कला–संस्कृति, पुरानो सभ्यता, प्राकृतिक सुन्दरता र सम्भावना स्रोतको प्रर्दशनी हुनेछ ।

    कर्णाली प्रदेशको संकृतिको प्रचुरता र अतितको महिमाबारे काठमाडौँबाट सम्पूर्ण देशलाई अवगत गराउन र सम्पूर्ण देशवासीलाई कर्णालीको भ्रमण गर्न उत्प्रेरणा दिने र लगानीकर्ताहरुलाई कर्णालीको सम्भावनाबारे जानकारी गराउने उद्देश्य सहित प्रर्दशनी आयोजना गरिएको आयोजक जानकारी दिएको छ ।

    प्रर्दशनीमा कर्णालीका मौलिक सांस्कृतिक कार्यक्रम, निजी क्षेत्रका स्टलहरु, फोटो, भिडियो र सन्दर्भ सामाग्रीहरुको प्रर्दशनी, खस भाषा र सभ्यताको सत्र, रैथाने खानाका परिकार र प्रांगरिक कृषि प्रर्दशनी मुख्य आकर्षणको रुपमा रहनेछ ।

    समृद्ध कर्णाली अभियानको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा हुने प्रर्दशनीमा १ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

    २०७५ माघ २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...