News Portal

  • सेनामा डेढ अर्बको चलखेल, काण्डमा मुछिए तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्री

    संचारकेन्द्र संवाददाता
    १४५ पटक

    काठमाडौँ । नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो ।

    राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्लान्ट खरिद निर्णय टुंग्याएको स्रोतले बतायो । जानकारहरूका अनुसार उक्त प्लान्ट अढाईदेखि तीन अर्ब रूपैयाँमा पाइन्छ ।

    विवादका कारण सेनाले अहिलेसम्म गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट किन्न भने सकेको छैन । बाहिरबाट खरिद हुँदै आएको गोली यहीं तयार गर्ने उक्त प्लान्ट सुन्दरीजलमा राख्ने तय भएको थियो । वास्तविक लागतभन्दा बढी मूल्यमा प्लान्ट किन्ने सम्झौता भएपछि खरिद प्रक्रिया नै अवरुद्ध भएको रक्षा मन्त्रालय स्रोतले बताएको छ ।

    खरिद प्रक्रिया तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री भीमसेनदास प्रधानले अघि बढाएका थिए । तत्कालीन रक्षामन्त्री प्रधान, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रधानसेनापति क्षेत्रीबीच पटकपटक छलफलपछि प्लान्ट खरिद निर्णय भएको थियो । यो समचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

    यस्तै यता सिन्धुली जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा नियन्त्रणमा लिएका सवारीसाधन कवाडी बनेका छन् । चोरी तथा दुर्घटनामा परेका मोटरसाइकल दाबी गर्न सम्बन्धित व्यक्ति नआउँदा ती सवारीसाधन कबाडीमा परिणत भएका हुन् ।

    प्रहरी कार्यालय सिन्धुलीका अनुसार कानुनी जटिलताका कारण नियन्त्रणमा लिएका मोटरसाइलक चालू अवस्थामै बिक्री गर्न नसकेको हो ।

    प्रहरी कार्यालयले नियन्त्रणमा लिएका सवारीसाधन लिलाम बिक्री गर्ने अधिकार दिए राज्यले लाखौं राजस्व संकलन गर्ने प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

    जिल्ला प्रहरी कार्यालय परिसरमा अहिले २८ वटा मोटरसाइकल र ४ वटा साइकल रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । तीमध्ये चारवटा चोरीका हुन् भने अन्य दुर्घटनामा परेका र चेकजाँचका क्रममा कागजपत्र नभएका छन् ।

    सवारीधनी सम्पर्कमा नआएका कारण प्रहरी कार्यालयमै थन्किएको उनको भनाइ छ । हालकै अवस्थामा यी सवारी साधान बेच्दा पनि करिब ३५र४० लाख राजस्व जम्मा हुने प्रनाउ थापाको भनाइ छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विदुर पौडेलले लेखेका छन् ।

    २०७५ माघ २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रपति भण्डारी चीन प्रस्थान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...