News Portal

  • खानेपानीमा प्रजातान्त्रिक प्यानलको वर्चश्व

    संचारकेन्द्र संवाददाता
    ३७ पटक

    काठमाडौँ । खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था घोराहीको नयाँ नेतृत्वमा प्रजातान्त्रिक प्यानल विजयी भएको छ। आइतबार प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसको समर्थन रहेको पुरै प्यानल विजयी भएको हो।

    मुख्य निर्वाचन अधिकृत रेवतीरमण भट्टराईका अनुसार अध्यक्षमा देवीबहादुर डिसी निर्वाचित भएका हुन्। उनको यो संस्थामा लगातार छैठौं कार्यकाल हो।

    अध्यक्षमा विजयी भएका देवीबहादुर डिसीले १९९६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गणेशप्रसाद श्रेष्ठले ९७६ मत मात्रै प्राप्त गर्न सके। उनीहरू बीचको मतान्तर आधाभन्दा बढी छ।

    त्यस्तै, उपाध्यक्षमा विजयी भरतमणि पाण्डेले १७७१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी मधुसुदन शर्मा अर्यालले जम्मा ९७६ मत मात्रै प्राप्त गर्न सके।

    त्यस्तै सचिवमा सुजन पाण्डे, कोषाध्यक्षमा ध्रुव केसी निर्वाचित भएका छन्। सदस्यहरूमा धमेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका छन्।

    प्रगतिशील समूहबाट उपाध्यक्षमा मधुसुदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमार पुन मैदानमा उत्रिएका थिए।

    २०७५ माघ २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...