News Portal

  • सिक्सर्सलाई फराकिलो अन्तरले हराउँदै मेलबर्न स्टार्स सेमिफाइनलमा , सन्दीपले लिए ३ विकेट

    संचारकेन्द्र संवाददाता
    ६९ पटक

    काठमाडौँ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनको फराकिलो अन्तरले हराउँदै मेलबर्न स्टार्स सेमिफाइनलमा पुगेको छ।स्टार्सको फराकिलो जित निकाल्ने क्रममा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले ११ रन खर्चिएर ३ विकेट लिए।

    आदम जाम्पा र डानिएल ओरलले २-२ विकेट लिए।घरेलु टोली स्टार्सले दिएको १८९ रनको लक्ष्य पछ्याएको सिक्सर्सले निर्धारित २० ओभरको खेलमा १३.४ ओभरमा अलआउट हुँदै ७४ रनमा समेटियो।उसका लागि डानियल ह्यूजेजले सर्वाधिक १२ रन बनाए। स्टेभ ओ काफीले ११ तथा टोम कुरानले १० रन बनाउनु बाहेक अरू कुनैले दोहोरो रनको स्कोर छुन सकेनन्।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले ४३ बलमा बिस्फोटक ब्याटिङ गर्दै ६ छक्का र ४ चौकासहित ८२ रन बनाए।विकेटकिपर पेटर ह्याण्डस्कम्मले ३५ रन बनाउँदा ओपनर मार्कस स्टोनिसले ३४ रन जोडे।

    आजको तीन विकेटसहित नेपाली युवाले बिग ब्यासमा ११ विकेट लिइसकेका छन्।सुरूवाती चार खेलबाट ८ विकेट लिएका उनी पाँचौ खेलमा विकेट बिहिन भएका थिए। लिगको अन्तिम खेलमा तीन विकेट लिने क्रममा उनले ११ रन खर्चिए आफ्नो पहिलो ओभरमा १ रन खर्चिएर १ विकेट लिएका सन्दीपले दोस्रो ओभरमा ६ रन खर्चिँदै कुनै विकेट लिएनन्।

    तर तेस्रो ओभरमा पुनः १ रन खर्चिँदै १ विकेट लिए। अन्तिम ओभरको चौथो बलमा पोपेको विकेट लिदै सिक्सर्सलाई ७४ रनमा समेटे।यो सँगै मेलबर्न स्टारले सेमिफाइनलमा लिगको शीर्ष स्थानमा रहेको होबर्ट हुरिक्यान्ससँग आगामी १४ फेब्रअरीमा खेल्नेछ ।

    यस्तै,भारतविरुद्धको तेस्रो तथा निर्णायक टी–२० खेलमा न्यूजिल्याण्ड चार रनले विजयी हुँदै शृंखला २-१ ले जितेको छ।घरेलु टोलीले दिएको २१३ रनको बिशाल लक्ष्य पछ्याएको भारतले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो।

    भारतका लागि कप्तान रोहित शर्माले ३८, विजय शंकरले ४३ तथा रिशव पन्तले २८ रन बनाए। यस्तै हार्दिक पाण्ड्याले २१ रनको योगदान दिए। दिनेश कार्तिकले अविजित ३३ तथा क्रुनाल पाण्डेले अभिजित २६ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन्।

    न्यूजिलाण्डका लागि ड्रायाल मिचेल र मिचेल सान्तेनेरले २-२ विकेट लिएका थिए।यसअघि ह्यामिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रनको बिशाल योगफल बनाएको थियो।

    उसका लागि कोलीन मुर्नोले ७२ रन बनाउँदा टीम सेइफर्टले ४३ तथा ग्राण्डहोमीले ३० रन बनाए।यस्तै कप्तान केन विलियम्सनले २७ र रोस टेलले १४ रनको योगदान गरे। बलिङमा भारतका कुलदिप यादवले दुई विकेट लिएका थिए।

    यो सँगै तीन खेलको टी ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जितेको हो। यसअघि पहिलो खेलमा ८० रनको जित निकालेको न्यूजिल्याण्ड दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो।

    २०७५ माघ २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...