News Portal

  • साताको पहिलो दिन नै घट्यो बजार, कारोबार २३ करोड ५१ लाखमाथि

    संचारकेन्द्र संवाददाता
    ६९ पटक

    काठमाडौं । साताको पहिलो दिन पुँजी बजार मापक नेप्से परिसूचक १२.०५  अंकले घटेको छ । आइतबार २३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार अन्तिममा १२.०५ अंकले गिरावट हुँदा नेप्से सूचक ११२७.५३ अंकमा ओर्लेको छ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार साताको पहिलो दिन १६० कम्पनीका ७ लाख ८२ हजार कित्ताभन्दा बढी शेयरको कारोबार भएको छ । घटेको बजारमा पनि होटल समुहको सूचक भने ११.६८ अंकले बढेको छ । बाँकी समुहको सूचक घटेका छन् ।

    लगातार शेयर बजार घट्ने क्रम नरोकिँदा दोस्रो बजारमा शेयरको मूल्य आधार मूल्य भन्दा कममा कारोबार हुन थालेका छन्। गत बिहीबार कारोबारमा आएका १६४ कम्पनीमध्ये ११ कम्पनीको शेयर मूल्य आधार मूल्यभन्दा कममा कारोबार भएको छ।

    आठ जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँ भन्दा तल झरेको छ। दुई विकास बैंक र एक फाइनान्स कम्पनीको शेयर मूल्य पनि आधार मूल्य भन्दा कममा कारोबार भए ।

    गत बिहीबार कारोबारमा आएका १६४ कम्पनीमा ५३ कम्पनीको मूल्य प्रति कित्ता दुई सय रुपैयाँ भन्दा तल ओर्लिएको छ। जसमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र जलविद्युत कम्पनी रहेको छन्।

    दोस्रो बजारमा सूचीकृत २४ जलविद्युत कम्पनीमध्ये सबैभन्दाबढी १८ कम्पनीको शेयर मूल्य प्रति कित्ता दुई सय रुपैयाँभन्दा तल झरेको छ। विकास बैंक, फाइनान्स र वाणिज्य बैंकको शेयर मूल्य क्रमशः दुई सय रुपैयाँभन्दा तल ओर्लिएका छन्।

    गत बिहीबारको कारोबारमा आधार मूल्य एक सय रुपैयाँ रहेका कम्पनीको सूचीमा सबैभन्दाकम मूल्यमा नेशनल हाईड्रोपावर कम्पनीको प्रतिकित्ता ६७ रुपैयाँमा शेयर कारोबार भयो। आँखुखोला हाईड्रोपावरको गत बिहीबार ८७ रुपैयाँ प्रतिकित्तामा शेयर कारोबार भयो।

    आधार मूल्य भन्दा तल झरेका शेयरसँगै राम्रा कम्पनीका शेयर समेत सस्तोमा पाइने हुँदा यतिबेला दोस्रो बजार प्रवेश गर्ने लगानीकर्ताको लागि अवसर रहेको एक शेयर बजार जानकारले बताए। प्राथमिक बजारकै मूल्य आउँदा समेत केही नाफा लिन सकिने भएकोले पनि नवप्रवेशी लगानीकर्ताको लागि उचित अवसर रहेको छ।

    २०७५ माघ २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...