News Portal

  • बढुवाको बिषयलाई लिएर नेपाल प्रहरीभित्र लफडा, एसपी नरेन्द्र उप्रेतीद्वारा एकाएक राजीनामा

    संचारकेन्द्र संवाददाता
    १३२ पटक

    काठमाडौं । नेपाल प्रहरीका एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् । गृह मन्त्रालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेपछि असन्तुष्ट जनाउँदै उप्रेतीले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन्।

    ‘म बढुवामा योग्य भइनँ,’ उप्रेतीले भने, ‘नैतिकताको आधारमा म पदमा कसरी बसुँ?’ बढुवामा नपरेपछि आफ्नो भविष्य नै अन्धकारमा धकेलिएको उनले बताए। ‘मभन्दा एक ब्याज जुनियरले बढुवा पाएका छन्,’ उप्रेतीले भने ‘करियर नै समाप्त भएपछि कसरी संगठनमा बसेर सेवा गर्न सक्छु।’

    काम गर्न आफुलाई लगाउने, बढुवा उपहार भने अरूलाई दिने प्रवृत्ति संगठनमा हावी भएको भन्दै उप्रेतिले असन्तुष्टि पोखे। उप्रेतीभन्दा टेकप्रसाद राई, दीपक थापा, भीम ढकाल जुनियर प्रहरी अधिकृत हुन्। प्रहरी सेवामा उप्रेतीले बारा, रसुवा, सिन्धुली, उदयपुरमा जिल्ला कमाण्ड गरेका थिए।

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग पनि उनले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा काम गरेका थिए। हाल उनी अपराध महाशाखामा कार्यरत थिए।

    उनले प्रहरी रत्न लगायतका पदसमेत पाएका थिए। बारामा प्रमुख रहदाँ उनी सुपारी काण्डमा मुछिएका कारण उनी बढुवा सुचीमा नपरेको प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। ‘उनीसहित एक डिएसपी र एक इन्सपेक्टरले नसिहत पाएका थिए, ‘स्रोतले भन्यो, ‘त्यसबेला एक जना सइसहित १४ जना प्रहरी बर्खास्तमै परेका थिए।’

    नेपाल प्रहरीले रिक्त एसएसपी पदमा बढुवा गरेको छ। प्रहरीले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको हो। यसरी बढुवा हुनेमा सन्दीप भण्डारी, टकप्रसाद राइ,उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त कुँवर र भीम ढकाल रहेका छन्।

    त्यसैगरी प्रहरीको एसपी पदमा पनि डिएसपीबाट एसपी पदको बढुवा निकालेको छ। २६ डिएसपी एसपी पदमा बढुवा भएका छन्। शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा निम्न प्रहरी अधिकारीले एसपी पदमा बढुवा पाएका छन्।

    यसरी बढुवा पाउनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नन्थीराज गुरुङ, रविन्द्र रेग्मी,गोविन्द अधिकारी,कृष्ण प्रसाइ,मेघहाद्र खत्री,विनोद सिलवाल, भीम दाहाल,रमेश थापा, प्रकाश रानाभाट,विमल कडेल, कमल थापा,जनार्दन जिसी,कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम जवरा, रामकुमार महतो, कृष्ण पंगेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढा मगर रहेका छन्।

    २०७५ माघ २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...