News Portal

  • नेपालकै बेइज्जत हुनेगरी बेलायती पत्रिकाले लेख्यो यस्तो समाचार, आँखिर कोहो दोषी ?

    संचारकेन्द्र संवाददाता
    १५३ पटक

    काठमाडौं । देशमा मौलाइरहेको फेक रेस्क्युबाट नेपालप्रति विदेशीहरुको हेराइमा नकारात्मक प्रभाव पर्न थालेको छ । एउटा बेलायती पत्रिकाले सिङ्गो देशकै बेइज्जत हुनेगरी समाचार प्रकाशित गरेको भेटिएको छ ।

    फेक रेस्क्यु मार्फत् अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग रकम ठगिरहेका ट्रेकिङ सञ्चालकले सरकारलाई नै प्रलोभनमा पारेर उनीहरुमाथिको छानबिन र कारवाही प्रक्रियालाई कमजोर बनाएको एक बेलायती पत्रिकाले खुलासा गरेको हो । अन्तर्राष्ट्रिय बिमा कम्पनीहरुले उनीहरुलाई कारवाही गर्नको लागि दिएको म्याद छोटिँदै गएको समेत उक्त समाचारमा जनाइएको छ ।

    उनीहरुका अनुसार सो म्याद आगामी शुक्रबारबाट सकिँदैछ । पर्यटकलाई विषादी खान दिएर बिरामी पार्ने र हेलिकोप्टर प्रयोग गरी उपचारको नाममा काठमाडौं ल्याउने गरिएको र यो धन्दामा ट्रेकिङ एजेन्सी, हेलिकोप्टर कम्पनीदेखि अस्पतालसम्मको मिलेमतो रहेको उनीहरुले आरोप लगाएका छन् । सो पत्रिकामा त्यस्तो ठगी धन्दामा संलग्नलाई ‘हिमालय माफिया’को नाम समेत दिइएको छ ।

    अन्तर्राष्ट्रिय बिमा सम्बन्धी कम्पनीले विश्वको सर्बोच्च शिखर सगरमाथा आसपासमा पदयात्रामा गएका विदेशीलाई हेलिकोप्टर मार्फत् उद्धार गर्ने कार्यमा भइरहेको ठगीका विषयमा छानबिन गरी दोषीलाई कारवाही नगरे आफूले रकम उपलब्ध नगराउने नेपाल सरकारलाई चेतावनी दिएको थियो ।

    गत वर्ष नेपाल सरकार र आयरल्याण्डस्थित मेडिकल सम्बन्धी सहयोग गर्ने कम्पनी ट्राभलर एसिस्टले गरेको अनुसन्धानका क्रममा केही ट्रेक अपरेटर, गाइड, हेलिकोप्टर कम्पनी तथा चिकित्सक तथा अस्पताल सम्मको मिलेमतोमा उपचारका अन्य विकल्प हुँदाहुँदै पनि सामान्य विरामीलाई उद्धार गराएर दशौं लाख अमेरिकी डलर बिमा कम्पनीसँग दावी गरेको पाइएको थियो ।

    पदयात्री चिसोका कारण सामान्य बिरामी भएपनि उनीहरुलाई राम्रो सुविधा हुने शहरमा लग्ने गरिएको आरोप लगाइएको छ । नेपाल सरकारले त्यो बेला केही गाइडहरुले नियोजित रुपमा खानामा बेकिङ सोडा प्रयोग गरेको र त्यसले गर्दा वान्ता, झाडापखाला लगायतका समश्या देखिने हुँदा पदयात्रीलाई हेलिकोप्टर मार्फत् अन्यत्र लग्ने गरेको पाएको जनाइएको छ ।

    यसरी बिरामीको उद्धार गर्दा ४० हजार अमेरिकी डलर सम्म खर्च हुने गरेको तर त्यसको खर्च पदयात्री कति छन् त्यसमा निर्भर हुने गरेको आरोप लगाइएको छ । त्यसपछि सो सम्बन्धी बील बिमा कम्पनीमा पठाउने गरिएको जनाइएको छ । ट्राभलर एसिस्टका प्रबन्ध निर्देशक जोनाथन बानक्रोफ्टले त्यतिबेला प्रश्न गरेका थिए, ‘किन सरकारले अझै ठगी र कर छली गर्ने १७ वटा नेपाली कम्पनी विरुद्ध अभियोग दर्ता गरेको छैन ?’

    नेपालका पर्यटन मन्त्रीलाई बान्क्रोफ्टले पठाएको पत्रमा ती कम्पनीहरु जो अहिले पनि व्यवसाय सञ्चालन गरिरहेका छन् उनीहरु विरुद्ध सरकारले अभियोग दर्ता नगरेमा फेब्रुवरी १५ (आगामी फागुन ३ गते) देखि बिमा बापतको रकम नदिइने चेतावनी दिइएको छ । बेलायती अनलाइन पत्रिका ‘द टेलिग्राफ’ ले उक्त नेव्स टेलिग्राफ डट सिओ डट युकेले लेखेको छ ।

    २०७५ माघ २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...