News Portal

  • ‘ओली एक नम्बर लोभी र घ्यु बेचुवा, प्रचण्ड कायर र तरबार बेचुवा’

    संचारकेन्द्र संवाददाता
    २३९ पटक

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी ओली लोभी र अर्का अध्यक्ष प्रचण्ड कायर भएको आरोप लगाएका छन्। नेकपा एमाले र एनेकपा माओवादीबीच पार्टी एकता हुनुमा सिद्धान्तको जगभन्दा लोभी र कायरको मिलन भएको थापाले आरोप लगाए।

    ‘घ्यु बेचुवा र तरबार बेचुवाबीचको रातारात मिलन नै नेकपा हो,’ नेपाली काङ्ग्रेस गोरखाद्वारा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो स्मृति दिवसका सदरमुकाममा शनिबार आयोजित कार्यक्रममा नेता थापाले भने, ‘लामो छलफल भएर पार्टी मिलेको होइन।’ थापाले ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल भष्ट्रहरूको क्लब भएको आरोप लगाए।

    सरकारले दायाँबायाँ भ्रष्टाचारी राखेको उनको भनाइ छ। ‘भ्रष्टाचार, आर्थिक अवस्था, सुशासन बिग्रदै गयो, नेपाल डुब्न लाग्यो,’ उनले भने, ‘प्रधानमन्त्री सुशासनको कुरा गरेर नथाक्ने अनि भ्रष्टाचारीलाई दायाँबायाँ राख्ने?’

    बाइड बडी जहाज खरिद तथा बूढीगण्डकी जलविद्युत आयोजनाजस्ता दर्जनौं ठूला योजनामा भ्रष्टाचार भएको उनको भनाइ छ। रेल, पानी जहाज, हावाबाट बिजुली, पाइपलाइनबाट ग्यास आउनु राम्रो भए पनि अहिले देशको ढुकुटीले नधान्ने थापाले बताए।

    सरकारले दुई तिहाइको दुरूपयोग गरेको उनले बताए। ‘एउटा मेडिकल कलेज खोल्न दुई तिहाइ प्रयोग गर्ने, यस्तो नि कम्युनिष्ट पार्टी हुन्छ?,’ थापाले भने, ‘गएको एक वर्षमा कुनै पनि क्षेत्र राम्रो भएन। विदेश गएका युवाले पठाएको रेमिट्यान्सले धानेको देश कुनै पनि बेला ढल्छ।’

    सरकारको रवैयाका कारण लगानी सम्मेलन फलदायी नहुने उनको भनाइ छ। सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेकोमा थापाले सरकारको आलोचना गरे।

    तर अर्को प्रसंगमा भने थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताए ।उनले भने, “कुनै पति प्रधानमन्त्रीले नेपालमा रेलको सपना देख्नु गलत होइन, पूर्वाधार नभएको देशमा पूर्वाधार चाहिन्छ, त्यसमा उडाउनुपर्ने कुरा छैन तर रेल पहिले कि देशलाई आर्थिक जोखिमबाट जोगाउने काम पहिला हो भन्ने मात्र हो ।”

    अहिले आर्थिक जोखिममा परेको नेपाललाई आर्थिक जोखिमबाट मुक्त गर्नतर्फ सरकार लाग्नुपर्ने भए पनि सरकारको पहिलो प्राथमिकताको विषय अलग हुनु गलत भएको उनको भनाइ छ ।

    नेता थापाले देशमा लगानीको उपयुक्त वातावरण अझै बन्न नसकेको भन्दै देशभित्रको उद्योगधन्दा र आर्थिक क्रियाकलाप चलायमान भए मात्र वैदेशिक लागनी भित्र्याउन सकिनेमा जोड दिए । उनले वर्तमान सरकार इतिहासकै सबैभन्दा शक्तिशाली र अनुकूल वातावरण पाएको सरकार भएको भन्दै जनताले सरकारसँग बढी अपेक्षा गर्नु स्वाभाविक भएको बताए ।

    २०७५ माघ २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...