News Portal

  • राष्ट्रपतिकी वरिष्ठ सल्लाहकारमाथि ‘हातपात’

    संचारकेन्द्र संवाददाता
    ६५ पटक

    काठमाडौं । ट्रम्पकी निकट सहयोगी तथा ह्वाइट हाउसकी सल्लाहकार केल्यान कन्वेले उनलाई आफ्नो छोरीकै सामुन्ने एक महिलाले दुर्व्यवहार गरेको बताएकी छन्।

    अमेरिकी सञ्चारमाध्यमहरूलाई उनले बताए अनुसार उक्त घटना वाशिंगटन डिसीको बाहिरी भागमा रहेको एक रेस्टुराँमा गत अक्टोबरमा भएको थियो। कन्वेले भनिन् ती महिलाले उनलाई पछाडिबाट समातेर झक्झक्याउँदै ‘बेस्सरी चिच्च्याएकी थिइन्।’

    ६३ वर्षीय मेरी एलिजाबेथ इनाबिनेटले भने त्यस्तो ‘हमला’ गरेको अस्वीकार गेकी छन्। मार्च महिनामा उनी त्यससम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुँदैछिन्।

    सीएनएनसँग कुरा गर्दै कन्वेले भनिन्, “ती महिला नियन्त्रणभन्दा बाहिर थिइन्। उनले गरेको व्यवहार म वर्णन गर्न पनि सक्दिन। उनको पूरै अनुहारमा मैले क्रोध र आतंक देखेँ।”

    त्यसपछि आफूले आपतकालीन सेवा प्रदायकहरूलाई फोन गरेको तर प्रहरी आइपुगुञ्जेल ती महिला बेथेस्दामा रहेको सो मेक्सिकन रेस्टुराँबाट हिँडिसकेको कन्वेले बताइन्। आफ्नी किशोरी छोरीले उक्त घटनाको केही अंश मोबाइलमा रेकर्ड समेत गरेको कन्वेले बताइन्।

    तर इनाबिनेटकी वकिलले एक विज्ञप्ति जारी गर्दै उनले कन्वेलाई हमला नगरेको बरु संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता उपभोग गरेको जनाएका छन्। अदालतमा उनले आफू निर्दोष भएको जिकिर गर्ते ती वकिलले बताए।

    ट्रम्पका अधिकारीहरूमाथि पहिले पनि त्यस्तै घटना भएका थिए। जुन १९ मा होमल्याण्ड सेक्युरिटी मन्त्रीलाई एक रेस्टुराँमा नै केही अभियानकर्मीहरूले हातपात गरे।

    त्यतिखेर मेक्सिकोसँगको सिमानामा आप्रवासीका केही बालबालिकालाई अभिभावकसँग छुट्ट्याइदिएको घटना उल्लेख गर्दै अभियानकर्मीहरूले उनलाई ‘ती बालबालिकाको रोदन सुन्न सक्छौ’ भन्दै कराएका थिए। केही दिनपश्चात् ह्वाइट हाउसकी प्रेस अधिकारी स्यारा स्याण्डर्सलाई आप्रवासीकै विषयलाई लिएर एक रेस्टुराँबाट बाहिर जान केही मानिसले भनेका थिए।

    यसअघि आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँगको विवादास्पद सम्बन्ध रहेको खबरहरुका माझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवस्थाको मूल्याङ्कन गरिरहेको ह्वाइट हाउसले जनाइ सकेको छ।

    ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी राजदूतसँ अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबरहरु आएपछि उनलाई पदबाट हटाउनुपर्ने आवाज उठिरहेका छन्।

    यसैबीच डेमोक्रेटिक पार्टिकी वरिष्ठ नेतृ न्यान्सी पलोसीले फ्लिनले अमेरिकी जनतालाई ढाँटेको भन्दै उनलाई राष्ट्रपति ट्रम्पले पदबाट हटाउनुपर्ने माग गरेकी छन्।

    २०७५ माघ २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...