News Portal

  • चितवनबाट एकाबिहानै आयो दुखद खबर, १२ वर्षीया बालिकाको विभत्स बलात्कार, यी हुन अपराधि

    संचारकेन्द्र संवाददाता
    ३८८ पटक

    चितवन । जिल्लाको रत्ननगर नगरपालिकामा शुक्रबार राति एक बालिकाको विभत्स तरिकाले बलात्कृत भएकी छन् । सोही ठाउँकी १२ वर्षिया बालिकाको २ युवकले बलात्कार गरेको प्रहरीका डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिए ।

    १३ वर्षीय बालिकालाई बिभत्स तरिकाले बलात्कार गर्ने दुई युवालाई रत्ननगर प्रहरीले साढे १ घण्टामै पक्राउ गर्न सफल भएको छ । बालिक बलात्कार गर्नेमा बारा जिल्ला घर भै चितवनमा लेबर काम गर्दै आएका अजय कुमार र गंगा चौधरी रहेका छन् । उनीहरुले बालिकालाई ललाइफकाइ बलात्कार गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका टाडीका प्रमखु प्रहरी नायब उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

    अस्मिता (नाम परिर्वन) लाई मदिरा सेवन गरेका दुई युवाले बलात्कार गरेको डिएसपी ज्ञवालीले जानकारी दिए । ती दुई युवाले बालिकालाई पालैपालो विभत्स रुपमा बलत्कार गरे भागेका थिए । बलात्कारको सूचना पाएपछि डिएसपी निधिले तत्काल बछौली प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विश्व सुवेदी र इलाका प्रहरी कार्यालय टाँडीका नायब निरीक्षक प्रकाश सिंखडाको टोली परिचालन गरेर शुक्रबार राति नै युवाहरुलाई पक्राउ गरेको डिएसपी ज्ञवालीले बताए ।

    “हामी महिला हिसां अन्त्यका लागि सधै कटिबद्ध छौँ”, उनले भने, “पीडितबाट घटनाभएको खबर पाएपछि तत्कालै विशेष टोली बनाएर अभियुक्तलाइ पक्राउ गर्न सफल भएका हौँ ।” घटना अपरान्ह चार बजे भएको थियो । पीडितकी आमाले प्रहरीलाई जानकारी गराएको साढे एक घण्टाभित्र बलात्कारमा संलग्नहरुलाई पक्राउ गरिएको ज्ञवालीले बताए ।

    पीडितकी आमाका अनुसार एउटैघरमा भाडामा बस्दै आएका ती व्यक्तिहरुले यसरी बिभत्स तरिकाले छोरीलाई बलात्कार गरेको भन्दै आक्रोशित बनेकी छिन् । उनले दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गरिन् । रत्ननगर टाँडी प्रहरीले पछिल्लो पटक हिँसा र अपराधक घटनाहरुलाई नियन्त्रण गर्ने अभियान चलाएको छ । तैपनि यस्ताखालका घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्ने गरिएको छ ।

    डिएसपी ज्ञवालीका अनुसार यो वर्षभित्र यस्ता बलात्कारका घटना संलग्न सातजनालाई कारबाही गरिएको छ ।

    २०७५ माघ २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...