News Portal

  • विपतको उच्च जोखिममा कर्णाली प्रदेश

    संचारकेन्द्र संवाददाता
    ८० पटक

    सुर्खेत । मुलुकका साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपतका हिसाबले उच्च जोखिममा रहेको बताइएको छ ।

    यहाँ आयोजित ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपतकालीन तथा विपत् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले भूकम्पसहित अन्य प्राकृतिक विपत्तिमा कर्णाली उच्च जोखिम रहेको बताए ।

    “वैज्ञानिक खोज एवं भविष्यवाणीअनुसार कर्णालीसहित सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिम छन्”, प्रमुख भण्डारीले भने, “यसलाई ध्यानमा राखेर तीनवटा प्रदेशको संयुक्त कार्याशला गोष्ठी कर्णालीमै राखेका हौँ ।”

    केन्द्रमार्फत चलेको ‘विपत् पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम’ २०७० बाट शुरु भई ०७५ साउन १ गतेबाट संरचना लागू भएको जानकारी दिँदै उनले भने, “निजी तथा सरकारी अस्पताल, प्रतिष्ठानमा आइपर्ने विपत् प्रतिकार्यमा सहयोग पुर्‍याउने हेतुले कर्णालीमा कार्याशाला गोष्ठी गरेका छौँ ।”

    उनले दाङ, नेपालगञ्ज, डडेल्धुराका लागि सामग्री उपलब्ध गर्ने र स्वास्थ्यकर्मीलाई तालीम दिने बताए । सुर्खेतमा सञ्चालित चारदिने यो तालीमपश्चात यसलाई अभ्यासमा लैजाने उनको भनाइ थियो ।

    तालीमबाट अस्पतालमा पूर्वतयारी र आपत्कालीन अवस्थामा कसरी सेवा दिने भन्ने कुराको यथेष्ट सिकाइ हुने अपेक्षा गरिएको छ । गोष्ठीमा सुदुरपश्चिम, कर्णाली र प्रदेश नं ५ का ५० चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता छ ।

    उनीहरुबीच अस्पताल क्षेत्रमा आइपर्ने विपत्बाट बच्न गर्नुपर्ने पूर्वतयारी, अपनाउनुपर्ने उपाय र प्रतिकार्य योजना निर्माणका विषयमा व्यापक छलफल भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईँले जानकारी दिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा बिहीबारदेखि अस्पताल विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तालीम कार्याशाला गोष्ठी राजधानी सुर्खेतमा सञ्चालन भइरहेको छ ।

    यस्तै जनचेतनामुलक कार्यक्रम मार्फत यो प्राकृतिक बिपदका विषयमा सचेतना फैलाउने कार्यक्रम तय गरिएका छन् ।

    २०७५ माघ २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...