News Portal

  • सन्दीप लामिछाने मेलबर्नबाट आफ्नो पाँचौ खेल खेल्दै, आजको खेल जिते सेमिफाइनलमा पुग्ने

    संचारकेन्द्र संवाददाता
    ३४ पटक

    काठमाडौँ । सेमिफाइनल प्रवेशका लागि शुक्रबार बिग ब्यास टिम मेलबर्न स्टार्सले ब्रिसबेन हिटको सामना गर्दैछ।लिगमा १२ खेल खेलेको स्टार्सले १२ अंक सहित सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। यस्तै लिगमा एक खेल बढी खेलेर ११ अंक जोडेको ब्रिसबेनको सम्भावना पनि कायमै छ।

    यदि आजको खेलमा बेलबर्न स्टार विजयी भए एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ। अन्यता अन्तिम खेल जित्नुपर्ने दबाब हुनेछ। यता ब्रिसबेनका लागि आजको खेल जितेमा अन्तिम खेलमा मेनबर्नले सिड्नी सिक्सर्ससँग पराजित हुनुपर्नेछ।

    सुरूवाती चार खेल खेल्दै सानदार प्रदर्शन गरेका नेपाली युवा बलर सन्दीप लामिछाने आजको खेलमा मेलबर्नबाट आफ्नो पाँचौ खेल खेल्दैछन्।

    सुरूवाती चार खेलमा ८ विकेट लिएका सन्दीप त्यसपछि बंगलादेश प्रमियर लिग र नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय र टी ट्वान्टी खेलमा सहभागी हुन अष्ट्रेलिया बाहिर गएका थिए।

    उनले बंगलादेशमा सम्पन्न बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सरबाट ६ खेल खेल्दै ४ विकेट लिएका थिए। त्यसपछि ३ अन्तर्राष्ट्रिय एक दिवसीयमा ७ विकेट लिएका उनले तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा ५ विकेट हात पारेका थिए।

    बेलबर्नले सन्दीपको स्थानमा इंल्याण्डका पेस बलर लियाम प्लुङ्केटलाई खेलाएको थियो। उनले ८ खेलबाट १२ विकेट लिएका छन्। ८.२२ इकोनोमी बलिङ गरेका उनी सन्दीपको ६.८१ इकोनोमी बलिङ भन्दा बढी हो।

    प्रतियोगितामा १३ खेल खेलेको होबर्टले १० खेल जित्दै २० अंक जोडेर एक खेल अगावै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान पक्का गरेको छ।

    यस्तै समान खेलबाट १६ अंक जोडेको सिड्नी सिक्सर र सबै १४ खेल खेल्दै १६ अंक जोडेको मेलबर्न रेनेगाडेसले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ।आजको खेलमा मेलबर्न विजयी भए सेमिफाइनल पुग्ने सबै चार टोलीको टुंगो लाग्नेछ।

    यस्तै,धनगढी प्रिमियर लिग डिपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको तेस्रो संस्करणको ट्रफी सार्वजनिक भएको छ ।आयोजक धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गरी शनिबारदेखि हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।

    धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल भने प्रभावित हुने देखिएको छ ।बिहीबारदेखि परेको अविरल वर्षाले गर्दा मैदानमा हिमाम्ये भएकाले विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स बीचको उद्घाटन खेल प्रभावित हुने देखिएको हो ।

    प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागीता रहेको छ ।

    २०७५ माघ २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...