News Portal

  • अरुण तेस्रोको विद्युत गृहमा लगातार ३ वटा बम विस्फोट, यस्तो छ क्षतिको विवरण

    संचारकेन्द्र संवाददाता
    ८६६ पटक

    काठमाडौं । विवादित जलविद्युत आयोजना अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट भएको छ । चौतर्फी विरोधबीच भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त आयोजनमा विहीबार राति बम विस्फोट भएको स्थानीयले बताएका छन् ।

    संखुवासभाको चिचिला गाउँपालिका-३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावर हाउस नजिकै ३ वटा बम बिस्फााेट भएको बताइएको छ ।  यस्तै विद्युत गृहस्थलमा ३ वटा बम विस्फोटन गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले समेत जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम सारु मगरको नेतृत्वमा टोली घटनास्थल गएको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बम विस्फोटनबाट सुरुङ प्रवेश मार्गको पानी निकाल्ने ठाउँमा सुरुङ खन्ने मेसिन र एउटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

    बम विस्फोटन गराउने समुहको खोजी भइरहेको प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताए। उनेले भने,’ कुन उद्देश्यले विस्फोट गराइएको हो भन्नेबारे अनुसान्धन भइरहेको छ।’ उक्त क्षेत्रमा प्रहरीले सुरक्षा दिइरहेको थियो।

    अरुण-३ आयोजना राष्ट्रहितमा नभएको भन्दै राजनीतिक दल र सरोकारवालाहरुले विरोध गर्दै आएका छन् । उत्पादित बिजुली भारत लैजाने गरी आयोजना निर्माण गरिँदै छ । नेपाल भ्रमण आएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, जनमोर्चालगायत पार्टीहरुले आयोजना राष्ट्रघाती भएको भन्दै विरोध गरिरहेका छन् । अझ नेकपाले त झन् त्यसविरुद्ध संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । बम कसले र किन विस्फोट गराइएको हो भन्ने केही नखुले पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

    यसअघि गत ०७४ माघमा पनि बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणस्थल पुखुवास्थित कार्यालय भवनमा अज्ञात समुहले बम बिस्फोट गराएको थियो । त्यसबखत पनि बमले आयोजनाको पाँच कोठे उक्त भवनका दुई कोठा पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । त्यस स्थानमा दुई वर्षअघि पनि त्यही भवनमा आगजनी  भएको थियो ।

    ०५१ सालमा नेपाली राजनीतिक दल र जलस्रोतको क्षेत्रमा क्रियाशिलको बिरोधका कारण विश्व बैंकले हात झिकेपछि अरुण तेस्रो भारतीय कम्पनी सतलज जलविद्युत निगम लिमिटेडको हातमा पुगेको थियो ।

    २०७५ माघ २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    बीस वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर मेलम्चीको पानी काठमाडौं आएन

    काठमाडौं । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान...