News Portal

  • काठमाडौँबाट १ सय ६ यात्रु बोकेर दिल्ली पुगेको एयरबस अवतरण हुन नसकेपछि

    संचारकेन्द्र संवाददाता
    १६७ पटक

    काठमाडौं । काठमाडौँबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० अवतरण नगरेरै काठमाडौँ फर्किएको छ । निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार, दिल्लीस्थित इन्द्रिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण निगमको विमान अवतरण हुन नसकेर काठमाडौँ फर्किएको हो ।

    ‘आँधी र हावाहुरीका कारण विमान दिल्लीमा अवतरण नगरी काठमाडौँ फर्किएको हो,’ प्रवक्ता कोइरालाले भने । निगमका अनुसार बिहीबार बेलुकी अन्य थुप्रै उडानहरू दिल्लीमा अवतरण हुन नसकेर फर्किएका थिए ।

    आरएनए २१७ नम्बरको यो उडान बिहीबार बेलुकी साढे ५ बजे काठमाडौँबाट उडेको थियो । यो रुटमा एकतर्फी १ घण्टा ५० मिनेट हाराहारी समय लाग्छ । उक्त विमानले दिल्लीमा अवतरण गर्न नपाएपछी साँझ साढे ८ बजे काठमाडौंमै अवतरण गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

    ‘दिल्ली विमानस्थलको आकाशमा एक घण्टा हाराहारी होल्ड गर्नुपर्ने भनिएको थियो,’ निगमका एक पाइलटले भने, ‘त्यसपछि पनि विमानस्थल खुल्ने सम्भावना नदेखिएपछि हाम्रो विमान काठमाडौँ फर्किएको हो ।’ उक्त उडानमा क्याप्टेन पीआर भण्डारी र एसके ढेवाजु थिए ।

    कुनै पनि उडानमा रहेको विमानले गन्तव्य विमानस्थलमा अवतरण गर्न नसकेपछि नजिकैको अर्को वैकल्पिक विमानस्थलमा अवतरण गर्ने योजना बनाएको हुन्छ । काठमाडौँ दिल्ली रुटमा नजिककैको वैकल्पिक विमानस्थल लखनऊ पर्छ ।

    तर, लखनऊमा निगमको कार्यालय र ग्राउन्ड ह्याण्डलिङ्ग एजेन्ट नभएकाले काठमाडौँ फर्किएको प्रवक्ता कोइरालाले बताए । उनले दिल्लीको मौसममा सुधार आएमा फेरी दिल्ली उडान गरिने बताए । दिल्लीबाट काठमाडौँ फर्किने यात्रुको सङ्ख्या १ सय ५० थियो ।

    यता नेपालमा पनि यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौँलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

    जनवरी महिनामा काठमाडौँमा हुने १४ दशमलव ४ मिलिमिटरसम्मको वर्षालाई औषत वर्षा मानिएको छ । तर यस वर्ष जनवरीमा मात्रै १९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव शुक्रबार पनि देशभर पर्नेछ । शुक्रबार राति पनि केही पहाडी भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ ।

    २०७५ माघ २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...