News Portal

  • डिपिटी खोपबाट कैलालीमा १ बालकको मृत्यु, दर्जन बढी गम्भीर

    संचारकेन्द्र संवाददाता
    १२५ पटक

    कैलाली । गलत तरिकाले डिपिटी खोप लगाउदा कैलालीमा एक जना ६ महिने बालकको ज्यान गएको छ भने दर्जन बढी बिरामी भएका छन ।

    कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गतको बलिया स्वास्थ्य चौकी भल्काका स्वास्थ्यकर्मीले लगाएको डिपिटी खोपका कारण लम्की चुहा वडा नम्बर १ भुरुवा कुन्टी खेतकी पूजा आलेमगरका ६ महिने छोरा बिनोदको मृत्यु भएको छ

    पूजा आलेमगरका अनुसार माघ २० गते आइतबार दिउसो करिब १ बजे बच्चालाई खोप लगाइएको थियो । खोप लगाई घर फर्के लगत्तै बच्चा लगातार रोएको बताउदै पुजाले भनिन्– “अन्तिम पटक राती १० बजे रोएको थियो विहान हेर्दा त ज्यान गइसकेको रहेछ।” खोप लगाए लगत्तै बच्चाको शरीर भरी रातो रंगका बिबिरा निक्लेको पूजाले बताइन ।

    खोप लगाउन लैजादा बच्चा स्वस्थ्य अवस्थामा रहेको बताउदै उनले भनिन “ खोप लगाइसकेपछि रुन थालेको हो विहान हुने बितिकै राम्रो अस्पताल लैजान्छु भनि सुते, बिहान हेर्दा त बच्चाले केही चाल गरेन ज्यान गइसकेको रहेछ ।”

    भुरुवा कुन्टी खेतमा माघ २० गते खोप लगाइसकेपछि शरीर भरी राता बिबिरा आएर बेहोस बनेका एक दर्जन बालकको टीकापुर लगाएका अस्पतालमा उपचार भइरहहेको गाउँलेहरुले बताएका छन । कतिपय बच्चाहरुलाई अक्सिजन दिएर सघन उपचारको ब्यवस्था गरिएको टीकापुर अस्पतालले बताएको छ ।

    सोही गांउकी अस्मिता खत्रीकी ६ महिने छोरी सुप्रियाको खोपका कारण स्वास्थ्य गम्भीर भएपछी लम्कीस्थित लालरत्न अस्पतालमा उपचार गरिएको थियो । समयमै अस्पताल पुर्याएकोमा ज्यान बाचेको अस्मिताले बताइन ।

    स्वास्थ्यकर्मीहरुको लापरवाहीका कारण स्वस्थ्य बच्चाले ज्यान गुमाउनु परेको र दर्जन बढी बच्चाहरुको स्वास्थ्य जोखिममा रहेको स्थानियले बताएका छन । स्थानिय गाउँलेहरुले गलत तरिकाले खोप लगाई बच्चाहरुको ज्यान जाने घटनामा संलग्न स्वास्थ्यकर्मीहरुलाई कारवाहीको माग गरेका छन ।

    खोपका कारण बच्चाको मृत्यु भएको र दर्जन बढी बच्चाहरुको स्वास्थ्य गंभीर भई बिभिन्न अस्पतालमा उपचार भईरहेको खबर फैलिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको टोलीले आज घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । घटनाका बारेमा जानकारी लिन गएको जनस्वास्थ्यको टोली र स्थानिय गाउँलेहरुबिच एक छिन विवाद भएको थियो ।

    खाेप लगाई सकेपछि स्वास्थ्यमा आउने प्रतिकुल असरका बारेमा विभिन्न कारणका बारेमा गाँउलेहरुसंग बहस गर्न थालेपछि गाउँलेहरुले जनस्वास्थ्यको टोलीलाई गाउँबाट निस्केर जान भनेका थिए ।

    बच्चाकाे मृत्युको कारण पत्ता लगाउन स्थानिय जनप्रतिनिधिहरुको सुझावमा सोमबार नै पोष्टमार्टम गरिएको मृतक बिनाेदका ठूलाबुवा प्रेम आलेमगरले बताए । रिपोर्ट एक आउन एक महिना लाग्ने बताइएकाे उनले भने ।

    गत पुस २६ गते बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको थियो । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका थिए भने टीकापुर अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो । साघु साप्ताहिकमा खबर छ ।

    २०७५ माघ २४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...