News Portal

  • तीन प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने काम सुरु

    संचारकेन्द्र संवाददाता
    ५६ पटक

    काठमाडौं । नेपाल सरकारले घोषणा गरेको डिजीटाइजेशन अभियान अन्तर्गत प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु भएको छ ।

    बुधबार बिहान नेपालगञ्जबाट फाइबर बिछ्याउन सुरु गरिएको जनाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडिएफ) अन्तर्गत सरकारले फाइबर बिछ्याउने कामको जिम्मा स्मार्ट टेलिकमलाई दिएको बताईएको छ ।

    सोही अनुसार स्मार्ट टेलिकम र सीसीएस (चाइना कम्युनिकेशन सर्भिस नेपाल) ले कामको थालनी गरेका हुन् । परियोजनाको सुरुवात गर्दै स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीले सरकारको डिजीटाइजेशन अभियान अन्तर्गत स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा फाइबर बिछ्याउने काम सुरु गरेको जानकारी दिए।

    प्रदेश नम्बर ५ का बाँके, बर्दिया, ६ र ७ का सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझांङ, डोटी, कैलाली, कञ्चनपुर, डढेलधुरा, बैतडी, दार्चुला गरी १९ जिल्लामा फाइबर विछ्याउने काम एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    करिव २५ सय किलोमिटर फाइबर १९ जिल्लाका प्रमुख हाईवे र सदरमुकाममा पु¥याइने कम्पनीको भनाइ छ।कम्पनीका अनुसार फाइवर ओछ्याएपछि कुनै पनि निजी, सरकारी वा अन्य संस्थाले यसको उपभोग गर्न सक्छन्। उनीहरुले छुट्टै लगानी गर्नु पर्दैन।

    निश्चिित रकम तिरेपछि यही संरचनामार्फत आफ्नो सेवा विस्तार गर्न पाउनेछन् । यो काम सक्नका लागि करिव ३ अर्ब रुपैयांँ ग्रामिण दूरसञ्चार कोषको रकम सरकारले सब्सिडिका रुपमा उपलब्ध गराएको हो। फाइबर स्मार्टले २५ वर्षसम्म यसको निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत सम्हार गर्नेछ। २५ वर्षपछि यो परियोजना सरकारलाई हस्तान्तरण गरिनेछ।

    हाल नेपालमा मोबाइलमा सर्वसाधारणको पहुच ४९ प्रतिशत मात्रै रहेको छ। फिक्स्ड ब्रोडब्याण्डमा ११.२ प्रतिशत मात्र पहूँच रहेको छ । फाइबर विस्तारले यो प्रतिशतलाई बढाउन सहयोग गर्ने कम्पनीको भनाइ छ। फाइबर विस्तारले मोबाइल प्रयोगकर्ताहरुलाई सजह हुने बिस्वास सरकारले लिएको छ ।

    २०७५ माघ २४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...