• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    क्रान्तिकारीले आव्हान गरेको शैक्षिक हड्‍ताल आक्रामक हुने संकेत, अबज्ञा नगर्न चेतावनी

    3K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले भोलि बिहिबार शैक्षिक हडतालको घोषणा गरेको छ । क्रान्तिकारीले संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकको गिरफ्तारविरुद्ध विहीबार देशभर शैक्षिक हडतालको घोषणा गरेको थियो ।

    शैक्षिक हड्तालको पूर्वसन्ध्यामा अखिल क्रान्तिकारीले देशभर मसाल जुलुस निकालेको छ । बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशैभरी मसाल जुलुस निकालिएको अखिल क्रान्तिकारीका सिटीइभिटी संयोजक हर्क बिकले संचारकेन्द्रलाई जानकारी दिए ।

    उनका अनुसार बुधबार काठमाडौंको कलंकी, नयाँ बानेश्वर, ललितपुर, महेन्द्रनगर, धनगढी, नेपालगन्ज, विराटनगर, बुटबल, इटहरी, हेटौडा, चितवनलगायतका ठूला सहरका साथै अछाम, झापा, सुनसरीसहित सबै जिल्लामा अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ ।

    क्रान्तिकारीले भोलि एक दिन शैक्षिक संस्थाहरु बन्द गरी सहयोग गर्न समेत सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । क्रान्तिकारीले केन्द्रीय समितिले यसअघि नै पत्रकार सम्मेलनको आयोजना गरि सो आग्रह गरेको थियो भने बुधार साँझ ब्यूरो, जिल्ला, समन्वय समितिले विज्ञप्ति जारी गरेर व्यवस्थापन, अभिभावसँग आग्रह गरेका छन् ।

    यसैबीच सिटिईभिटी समन्वय समिति संयोजक हर्कबहादुर बिकले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर भोलि एक दिन सिटिईभिटी अन्तरगतका सबै शैशिक्षक संस्था बन्द गरी सहयोग गर्न आग्रह गरेका छन् ।

    निर्मला बलात्कार र हत्याकाण्डमा मानसिक असन्तुलन भएकालाई जबर्जस्ती दोषी करार गराएजस्तै बिना हतियारको झोलामा गोली भेटिएको भन्दै षड्यन्त्र गरेर सङ्गठनका कोषाध्यक्ष नरेन्द्र बिकलाई फसाउन खोजिएको उनको दावी छ ।

    बिकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ-‘निर्मला बलात्कार र हत्याकाण्डमा मानसिक असन्तुलन भएकालाई जबर्जस्ती दोषी करार गराउने, सुनलाई राजस्वमा पुर्याउदा तामा देखाउने दलाल प्रहरी प्रशासनले गिरफ्तार कमरेडको झोलामा समेत बिना हतियारको गोली भएको नाटक गरेर हतियारको अभियोग करार गर्न गरेको षडयन्त्र अत्यन्तै नीच र घृणित छ ।’

    त्यसैगरी लुम्बनी संयोजक विरेन्द्र बिकले पनि विज्ञप्ति जारी गरेर संगठनले घोषणा गरेको शैक्षिक हड्ताललाई सफल पार्न सम्बन्धि सबैसँग आग्रह गरेका छन् । बिकले रुपन्देही, नवलपुर, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, कपिलवस्तु जिल्लाभित्रका संचालित कुनैपनि शैक्षिक संस्था संचालन नगर्न अपिल गरेका छन् ।

    बुधबारको प्रचारप्रसार, मसला जुलुस र तयारीलाई आधार मान्ने हो भने क्रान्तिकारीले भोलि गर्न लागेको शैक्षिक हडताल आक्रामक हुने देखिएको छ । मानवअधिकारका आधारभुत मान्यता समेत च्युत हुने गरी राज्यले प्रदर्शन गरेको फासिस्ट रबैयाको डटेर सामना गर्न सबैमा अपिल गर्दै क्रान्तिकारीले बन्द अबज्ञा नगर्न चेतावनी समेत दिएको छ ।

    नरेन्द्र गत बिहीबार साँझ विराटनगरबाट पक्राउ परेका थिए।अखिल क्रान्तिकारी सुनसरीको जिल्ला सम्मेलनमा अथितिको रुपमा सहभागी हुन गएका बिकलाई प्रहरीले बिमानस्थलबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ