News Portal

  • पार्टीबाट निलम्बित भए-नभएको बारे जनगायक जीवन शर्माले मुख खोले

    संचारकेन्द्र संवाददाता
    १४३६ पटक

    काठमाडौं । जनवादी गायक जीवन शर्माले मातृपार्टीले कारवाही गरेको भन्ने विषयमा आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

    ६ महिनाका लागि पार्टीबाट निलम्बन परेको समाचार बाहिरीएपछि संचारकेन्द्रसँग कुरा गर्दै शर्माले आफु अहिले राष्ट्रिय सम्मेलनको तयारीका लागि रुपन्देहीमा रहेको जानकारी दिंदै यस विषयमा आफुलाई अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बताए ।

    ‘यसविषयमा अहिलेसम्म आधिकारिकरुपमा केहि जानकारी पाएको छैन ।’ संचारकेन्द्रसँग टेलिफोनका क्रममा उनले भने- ‘राष्ट्रिय सम्मेलनको सिलसिलामा बुटवलतिर आएको छु । गाउँति सङ्गठन निर्माणमा छु । यहाँ नेट पनि चल्ने अवस्था छैन । खासमा केहि बुझ्न पाएको छैन ।’

    राष्ट्रिय सम्मेल्का लागि आफुहरु प्रचारप्रसार, पम्पलेटिङमा रहेको जानकारी दिंदै शर्माले अगाडि भने- ‘फागुन १देखि ३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने भन्ने निर्णय भएअनुसार नि यता आएको हो । मैले राष्ट्र, देश र जनताको लागि तस्तो कुनै गम्भीर प्रकारको गल्ती गरेको जस्तो मलाई लाग्दैन, मेरो जीवन खुल्ला किताबजस्तै छ, सबैलाई थाहा भएकै कुरा हो । तर बैचारिक कारण कुनै भए जानकारी पाएको छैन ।’

    मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) अहिले आठौं महाधिवेशनको तयारीमा छ । यहिबेला शर्मालाई निलम्बन गरेको खबरले उनका शुभचिन्तकहरुलाई दुखि तुल्याएको स्रोतले बतायो । शर्मा रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय अध्यक्षसमेत हुन् ।

    पार्टी केन्द्रीय कार्यलयको बैठकले शर्मालाई पार्टी केन्द्रीय सल्लाहकार र सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्नुका साथै रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय अध्यक्षबाट पनि हटाएको समाचार बाहिरिएको थियो । यद्धपि यसविषयमा पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

    शर्माले महाधिवेशनको अवसरमा चलेको दुईलाइन सघर्षमा अल्पमत पक्षको राजनितिक कार्यदिशालाई समर्थन गरेका कारण कारवाही गरिएको हुनसक्ने बताइएको छ ।

    सम्मेलनको पूर्वसन्ध्यामा गरिएको उनीमाथीको कारवाहीले पार्टीभित्र मात्रै नभएर उनलाई माया गर्ने अन्य कम्युनिष्ट पार्टीहरुले पनि चासो व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भने शर्मा जनताको मुक्ति र क्रान्तिका लागि संगीतको माध्यमबाट महत्वपूर्ण योहदन पुर्याउने जनताका प्रिय गायक रहेकाे चर्चा व्यापक बनेको छ ।

    २०७५ माघ २३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...