News Portal

  • प्रचण्डका कारण नेपाल–अमेरिका सम्बन्ध बिग्रिएको हल्ला चलेपछि राजदूत बेरीले मुख खोले

    संचारकेन्द्र संवाददाता
    १०८६ पटक

    काठमाडौं । भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेप बिरुद्ध प्रचण्डले कडा विज्ञप्ति निकालेपछि कतिपयले नेपाल–अमेरिका सम्बन्ध चिसिएको चर्चा गरे ।

    अमेरिका नेपालसँग रिसाएको चर्चा चलिरहेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी एउटै मञ्चमा देखिएका छन् । भेनेजुयलामा अमेरिकी हस्क्षेपका विरुद्ध सत्तारुढ नेकपा र सरकारको विज्ञप्तिले अमेरिका रिसाएको चर्चा चलेका बेला उनीहरुलाई सँगै देखिनुलाई कतिपयले आश्चर्यजनक रुपमा हेरिरहेका छन् ।

    परराष्ट्रमन्त्री ज्ञवाली मुख्य अतिथि र राजदूत बेरी विशेष अतिथिका रूपमा नेपाल सरकार, पर्यटन बोर्ड र अमेरिकी दूतावासको आयोजनामा काठमाडौंमा सोमबार आयोजित ‘इंगलिस ल्यांग्वेज एन्ड अपेरेसनल स्किल्स ट्रेनिङ फर टुरिज्म एन्ड इमिग्रेसन अफिसियल्स’ अंग्रेजी भाषा प्रशिक्षण शुभारम्भ कार्यक्रममा उनीहरू सँगै देखिएका हुन् । त्यस अवसरमा उनीहरूले सामूहिक फोटो पनि खिचाए ।

    कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको र यसले नेपालमा आउने पर्यटकसँग सूचना आदानप्रदान गर्न तथा सत्कार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालमा पर्यटक भित्र्याउनका लागि अमेरिकी सरकारले ठूलो सहयोग गरेको भन्दै मन्त्री ज्ञवालीले अमेरिकाको प्रशंसा गरे ।

    राजदूत बेरीले नेपालमा गतवर्ष अमेरिकाबाट ९० हजार पर्यटक आएका र यो संख्या वृद्धि गर्नका लागि अमेरिकाको सहयोग जारी रहने बताएका थिए । बेरीले नेपालमा आउने अमेरिकी पर्यटकको संख्या बढ्दै जानु दुवै देशका लागि राम्रो भएको र यसलाई सौहार्द तरिकाले सघाउने बताए ।

    केहीदिन पहिले परराष्ट्र मन्त्रालयले काठमाडौंमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरूका लागि राखेको ब्रिफिङमा भने राजदूत बेरी अनुपस्थित थिए । आफु आफ्नो पूर्वनिर्धारित अर्काे कार्यक्रम रहेकाले ब्रिफिङमा सहभागी नभएको उनले बताएका छन् ।

    परराष्ट्र स्रोतका अनुसार नेपाल–अमेरिका सम्बन्ध बिग्रिएको भन्ने अनावश्यक हल्ला गरिएको गरिएको छ । त्यसको पुष्टि सोमबारको कार्यक्रमले पनि गरेको परराष्ट्रका एक अधिकारीले बताए ।

    प्रचण्डको विज्ञप्तिको विषयमा जनप्रहार साप्ताहिकले यस्तोसमाचार छापेको छ: नेकपा अध्यक्ष मध्येका एकजना पुष्पकमल दाहाल प्रचण्ड र सरकारले जारी गरेका भेनेजुएला राजनीतिक संक्रमणका विषयको विज्ञप्तिका कारण अमेरिकाले नेपाललाई ठूलो हानि गर्न सक्ने देखिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली स्विटजरल्यान्डको डाभोसमा भएका बेला प्रचण्डले जारी गरेको अमेरिकी पक्षधरताविरोधी कडा विज्ञप्तिका कारण ७१ बर्षको इतिहासमै नभएको हानि नेपाललाई हुन्सक्ने विज्ञहरूले औंल्याएका छन् ।

    संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि रहेर लामो समय अमेरिका बसेका विज्ञ डा. जयराज आचार्य भन्छन्,‘अहिलेसम्म नभएको हानि हुन्सक्छ । महाभूकम्पले निम्त्याएको संकट भन्दा पनि ठूलो संकट प्रचण्डको विज्ञप्तिले निम्त्याएको छ ।’

    एसीया प्रशान्त क्षेत्रमा विश्व राजनीतिक परिवेशको समर्थन नेपालसँग मागिरहेका बेलो विपक्षमा नेपालको सत्तारुढ पार्टी र त्यसलाई सहयोग पुग्ने सरकारको आधिकारीक धारणासँग अमेरिका यसै पनि रुष्ट नै छ ।

    एक महिना अघि मात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई महत्व दिएर अमेरिका नीति सम्बन्धमा नेपालको समर्थन लिएको केही समय नबिति नै आधिकारीक रूपमा प्रचण्डको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको उसले जनाइ सकेको थियो । सोही कारण पनि सरकारको आधिकारीक धारणा माग गरेको थियो ।

    के–के हुन्सक्छ क्षति ?

    अमेरिकाले अहिलेका सत्तारुढ पार्टीका अध्यक्ष प्रचण्डसहित सरकारका मन्त्रीहरू र पार्टीका नेतालाई अमेरिका प्रवेशाज्ञा (भिसा)मा रोक लगाउन सक्छ । युद्धको राजनीति गर्दै शान्ति प्रक्रियामा आएको माओवादी एमालेमा मिसिएर नेकपा बने पनि आतंककारी सूचीमा राखिएका कतिपय नेताको नाम नहटाउने निर्णयमा अमेरिका पुग्नसक्ने कुटनीतिक जानकारहरू बताउँछन् ।

    अमेरिकाको नेतृत्वमा नै नेपालको संक्रमणकालिन न्यायका सन्दर्भमा प्रश्न उठाइएको थियो । जसको जवाफ दिनका लागि प्रधानमन्त्री ओलीले कुटनीतिक प्रमूखहरूलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए । तर, त्यहाँ अमेरिकी राजदूत नजानु र विभिन्न मिडियाका सम्पादकसँग विचार राख्नुले अमेरिका रिसाइसकेको छनक देखाउने जानकारहरू बताउँछन् ।

    कुटनीतिज्ञ आचार्य भन्छन्,‘भिसा नदिनु ठूलो हानि होइन । तर अमेरिकाले नेपाललाई ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अन्तर्गत सहयोग गर्ने उद्देश्यले ५० करोड अमेरिकी डलर सहायता जो छुट्ट्याएको छ त्यो हाललाई स्थगित गरिदियो भने त्यो चाहिँ गम्भीर कुरा हुन्छ ।’

    संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी र शक्तिशाली सदस्य मुलुक भएका कारण अमेरिकाले नेपाली सेनामा समेत हानि गर्न सक्ने कुटनीतिज्ञको दाबी छ । राष्ट्र संघले शान्ति सेनामा दिइरहेको योगदान घटाउने भन्न थाल्यो भने त्यो झन् गम्भीर विषय हुन्े र त्यसलाई कसैले रोक्न नसक्ने संकेत पनि देखिएको विज्ञहरू बताउँछन् ।

    अमेरिका विश्वको कुटनीतिमा एक्लै नहिँड्ने भएकाले उसका सिफारिसमा विभिन्न दातृ र सहयोगी राष्ट्र तथा संगठनले पनि नेपालमा लगानी घटाउन सक्ने अवस्था रहेको बताइन्छ । उनी भन्छन्,‘अमेरिकाले चाह्यो भने अरू झन् धेरै गम्भीर कदम पनि चालिदिन सक्छ । अहिले त्यसको चर्चा गर्नुभन्दा नगर्नु नै उचित होला ।’

    भेनेजुएलासँग कुटनीतिक सम्बन्ध कायम भए पनि आर्थिक सम्बन्ध कायम नभएका कारणले उक्त प्रकरणमा नेपाल सरकार र सत्तारुढ पार्टी बोल्नु नै गलत भएको टिप्पणी गरेका आचार्यले भनेका छन्,‘त्यो वक्तव्य वक्तव्य अनावश्यक, अपरिपक्व र नेपालको राष्ट्रिय हितलाई हानि गर्ने खालको थियो, अरुले पनि भनेका छन् । यसलाई यथार्थवादी, आदर्शवादी र माक्र्सवादी दृष्टिकोणबाट हेर्न सकिन्छ ।’

    चीन, भारतलगायतका ठूला मुलुकले भेनेजुएला प्रकरणमा आफ्ना हितका आधारमा रहेर बोलेका छन् । भारतले तेलका लागि हुन्े कच्चा पदार्थ भेनेजुएलाबाट ल्याउने गर्छ भने चीनको पनि आफ्नै स्वार्थ छ । तर, नेपालको स्वार्थ अमेरिकासँग बढी रहेको विषयलाई हेक्का नराखी प्रचण्ड उल्टो बाटो हिँडेको बताइन्छ । अमेरिकामा धेरै भन्दा धेरै नेपाली बस्नेमात्र गरेका छैनन्, भुटानी शरणार्थी राखिरहेको नेपालबाट एक लाखलाई अमेरिका स्थानान्तरण गरेर उसले सहयोग गरेको पनि नेपालले विर्सिएको बताइन्छ ।

    कुटनीतिक सम्बन्धमा खटपट

    कुटनीतिक सम्बन्ध स्थापित भएको ७१ बर्षमा पहिलो पटक नराम्रोसँग नेपाल–अमेरिका सम्बन्धमा खटपट आएको छ । नेपाल–अमेरिका कुटनीतिक सम्बन्ध सन् १९४७ अप्रिल २५ तारिखका दिन स्थापना भएको थियो ।

    कुटनीतिक सम्बन्ध स्थापना भएदेखि अमेरिकाले औलो उन्मूलनदेखि स्वास्थ्य, शिक्षा, जनसंख््या, वातावरण, प्रजातन्त्र, मानवाधिकार, प्राकृतिक प्रकोपसम्म अनेक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

    सुरुदेखि आजसम्म नेपाललाई अमेरिकी सहयोग क्रमिक रूपमा वृद्धि भइरहेको छ । कुनै वर्ष पनि त्यो घटेको छैन, बढिरहेकै थियो । तर, भेनेजुएलासँग नेपालको कुनै पनि प्रकारको कारोबार छैन । हाल आएर त अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गत ‘नेपाल कम्प्याक्ट’ कार्यक्रम चलाएको छ । यसले नेपालमा आर्थिक वृद्धि, निजी क्षेत्रमा लगानी र रोजगारीका अवसर सिर्जना गर्न सहयोग हुन्े आशा गरिएको छ ।

    नेपालले आफ्नो कुटनीति सञ्चालन गर्दा हाम्रा दुई छिमेकी चीन र भारतले के गरिरहेका छन् भनी अध्ययन पनि गरिरहनुपर्ने बताइन्छ । एसीयामा नेपाललाई अमेरिकाले अझ बढी महत्व दिएको डोनल्ड ट्रम्प आएपछि होइन । बाराक ओबामाको पालादेखि नै यस्तो महत्व रहेको बताइन्छ । ओबामा प्रशासन कालकै ‘एसीयातिर केन्द्रित’ (पिभट टु एशिया) र ‘नयाँ सन्तुलन’ (रिब्यालेन्स)को निरन्तरता का रूपमा इन्डो एसीया प्यासिफिक कार्यक्रम आएको हो ।

    यसैबीच नेपाल कम्युनिस्ट पार्टीले भेनेजुएलाको राजनीतिक विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तिमा कुनै दुविधा नभएको जनाएको छ ।

    सोमबार बसेको सचिवालय बैठकले विदेश नीतिमा नेकपाको कुनै दुविधा, अन्योल नभएको जनाउँदै अध्यक्षको विज्ञप्तिलाई सदर गरेको हो । महासचिव विष्णु पौडेलले जारी गरेको निर्णयको जानकारी सम्बन्धी विज्ञप्तिको भाषा भने शिष्ट भाषामा भनिएको छ,‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको पञ्चशीलको सिद्धान्तको मान्यतामा छौं, कुनै पनि मुलुकको सार्वभौमसत्ता त्यहि मुलुकका जनताको निर्णयका आधारमा हुनुपर्छ ।’

    २०७५ माघ २२ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रपति भण्डारी चीन प्रस्थान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...