News Portal

  • ‘सालको पात’ गाउँदा विवादमा परेपछि रविले दिए यस्तो स्पष्टीकरण, फ्यानहरुलाई बनाए भावुक

    संचारकेन्द्र संवाददाता
    २७९ पटक

    काठमाडौं । नेपाल आइडल रवि ओडले अष्ट्रेलियामा ‘सालको पात’ गाउँदा भएको त्रुटीबारे मुख खोलेका छन् । दर्शकको मागअनुसार ‘वाध्यतावश’ गीत गाउनुपर्दा राम्ररी न्याय गर्न नसकेको भन्दै उनले स्पष्टीकरण दिएका छन् । रविले गाएको उक्त गीतका विषयमा  लोकदोहोरीका संगीतकार बसन्त थापाले पनि प्रश्न उठाएपछि सामाजिक सञ्जालफेसबुकमार्फत उनले स्पष्टीकरण दिएका हुन् ।

    सोमाबर आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘आफु कुनै स्थापित कलाकार भइनसकेको र आफ्नै गीत नगन्य भएकोले मैले/हामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो । दर्शक, श्रोतामाझ पर्फम गरिरहँदा कोही बेला यस्तो माग वा परिस्थिति आउँदोरहेछ, जहाँ आफूले तयार नगरेको वा पूरा नआउने गीतलाई गुन्गुनाइदिनुपर्ने अनुरोध आउँछ । ‘सालको पातको टपरी’ मा मलाई यस्तै बाध्यता आइलागेको हो ।’

    आफूले यो गीत पूरा र राम्ररी आउँदैन भन्दा पनि दर्शकहरुले मान्दै नामनेपछि गाउनेपर्ने बाध्यता आइलागेको समेत रविले प्रष्ट पारेका छन् । ‘ मैले यो गीत पुरा र राम्ररी आउदैन भन्दा पनि दर्शकहरुको अपार मागको अगाडि मैले जे जति आउँछ गाउनैपर्ने वाध्यता आइलाग्यो र शुरुमै मैले आग्रह गरेको थिएँ कि यदि गल्ती भएमा क्षमाप्रार्थी छु ।’

    अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको यो गीतलाई बंग्याउने वा अपमान गर्ने आफ्नो मनशाय नभएको र श्रद्धापूर्वक गाउने प्रयास गरेको रविले प्रष्ट पारेका छन् ।

    उनले अगाडि लेखेका छन्,-‘अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत “सालको पातको टपरी” लाइ बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भइआउँदा, श्रद्धापुर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासंग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउदछु ।’

    दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले नेपाल आइडल जितेको स्मरण गर्दै रविले अगाडि लेखेका छन्- ‘दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ, त्यसको अर्थ यो होइन मेरो प्वाख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको, तिनै मलाई जिताउने आइडल बनाउने आदरणीय दर्शक, श्रोता शुभचिन्तकको माया हौसला र खुशियाली बाँड्न अहिले म उहाँहरुको साथमा रम्न यात्रामा छु।’

    रविले सामाजिक सन्जाल फेसबुकमा लेखेको पत्रको पूर्णपाठ यस्तो छ

    ‘नमस्ते सबै महानुभावहरुमा !!!

    म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ, संगीतलाइ निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन !

    दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ, त्यसको अर्थ यो होइन मेरो प्वाख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको, तिनै मलाई जिताउने आइडल बनाउने आदरणीय दर्शक श्रोता शुभचिन्तकको माया हौसला र खुशियाली बाँडन अहिले म वहाहरुको साथ मा रम्न यात्रामा छु, आफु कुनै स्थापित कलाकार भै नसकेको र आफ्नै गीत नगन्य भएकोले मैले/हामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो, दर्शक श्रोताहरु माझ पर्फ़म गरिरहदा कोहि बेला यस्तो माग वा परिश्थिति आउदो रहेछ जहाँ आफुले तयार नगरेको वा पुरा नआउने गीतलाइ गुनगुनाइ दिनुपर्ने अनुरोध आउछ, “सालको पातको टपरी” मा पनि मलाई यस्तै बाध्यता आई लागेको हो, अहिले जन जनको मुखमा झुन्डिएको यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले यो गीत पुरा र राम्ररी आउदैन भन्दा पनि दर्शकहरुको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आगाह गरेको थिए कि यदि त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु !

    अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत “ सालको पातको टपरी” लाइ बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भै आउँदा, श्रद्धापुर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासंग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउदछु, अनि आदरणीय सर्जकज्युहरुबाट संधै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भै रहनेछ र हामी जस्ता संगीतका बिद्यार्थीहरुले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशाबादी छु !

    अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाइ यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तरहृदय देखि सम्मान गर्दै धन्यबाद ज्ञापन गर्न चाहन्छु, केहि उठेका बिषयमा सम्मानपुर्वक आफ्नो भावना राख्न पाइन्छ, गालि गलौच र अपशब्दहरुले कतै स्थान नपाऒस, धैर्यधारण र संयमताको लागि अनुरोध गर्दै, यहाँहरुको माया हौसला साथ सहयोगको सधै अनुरागी रहनेछु, धन्यबाद !’

    रविले उक्त गीत गएपछि लोकदोहोरीका संगीतकार बसन्त थापाले पनि प्रश्न उठाएका थिए । गीतका संगीतकार बसन्त थापाले पनि फेसबुकमा टिप्पणी गरेका थिए । उनले एकातर्फ गीतका सर्जकसँग अनुमति नलिई गाएको, गाउनुअघि क्रेडिट नदिएको तथा शब्दहरु नै तोडमोड गरेर गाएको भन्दै दुःख प्रकट गरेका थिए ।

    तर, रविका फ्यानले उनीमाथि हल्लाबोल गरे । गालीगलौज नै हुन थालेपछि थापाले स्टाटस हटाएका थिए । यसैबीच थापाले म्यासेन्जरमा भएको वार्ताको स्क्रिनसट पनि सार्वजनिक गरेका छन्, जसमा रविले गल्ती स्वीकारेको देखिन्छ । ‘मैले नसोधी गाएको छु र मिस्टेक पनि गरेको छु, सरी ल दाइ…’ वार्तामा रविले भनेका छन् ।

    रविको स्टाटसले उनका फ्यानहरुलाई भावुक बनाएको छ ।

    २०७५ माघ २१ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...