News Portal

  • नेकपाको जनसरकारले बर्दियामा झण्डा गाडेर कब्जा गर्यो भूमाफियाको जग्गा

    संचारकेन्द्र संवाददाता
    १०५ पटक

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भूमिहीन किसानले भोग गर्दै आएको जग्गामा भूमाफियाहरूले आँखा गाढेको भन्दै आफ्नो कब्जामा लिएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पछिल्लोपटक देशभर अभियानात्मकरुपमा जग्गा कब्जा अभियानलाई तिब्रता दिएको छ ।

    नेकपाको जनअदालत (जनपरिषद नेपाल) बर्दियाले भूमाफिया ध्रुव बस्याल र महेश्वरनाथ गिरीले करिब दुइ दशकदेखि उपभोग गर्दै आएका किसान कमानसिंह थारुको उठिबास लगाउने गरी उक्त जग्गामा चलखेल गर्न खोजेको सूचनाका आधारमा आफ्नो पार्टीले जग्गा कब्जा गरेको जनाएको छ ।

    जिल्ला जनपरिषद बर्दियाका प्रमुख टीकाराम थारुले माघ २० गतेदेखि उक्त जग्गा आफ्नो पार्टीले नियन्त्रणमा लिएको बिज्ञप्ति मार्फत जनाएका छन् । बर्दियाको साविक बेलुवा ४, लखनामा जमिन्दार गोबिन्द लाला कायस्ता र उनको श्रीमती मुना देबी कायस्ताको नाममा रहेको उक्त जग्गामा नेकपाको जनपरिसदले ब्यानर र पार्टीको झण्डा गाडेर आफ्नो नियन्त्रणमा लिएको छ ।

    जनपरिसदले जारी गरेको बिज्ञप्तिमा जनयुद्धकालदेखि नै किसानले भोकचालन गर्दै आइरहेको उक्त जग्गा हाल आएर दलालहरुले बिक्रि वितरण गर्न खोजेपछि आफ्नो पार्टीले नियन्त्रणमा लिनुपरेको जनाइएको छ ।

    जिल्ला जनपरिसद प्रमुख टिकाराम थारुले जारी गरेको बिज्ञप्तिमा जनयुद्द्कालमा पार्टीले कब्जा गरी किसानलाई वितरण गरेको जमिन्दारको जग्गा बैज्ञानिक भूमिसुधार लागु गरेर त्यस मार्फत जमिनको समस्या हल गर्ने भनि बिस्तृत शान्ति सम्झौतामा भनिएको उल्लेख गर्दै त्यसो नगरी बेचबिखन गर्न खोजेकाले पार्टीले कब्जा गरेको जनाइएको छ ।

    थारुले भूमाफियाहरूले अहिलेको दलाल संसदीय व्यबस्थाको प्रशासन र कथित न्यायालयको आडमा गरिब किसानलाई फसाएर धम्क्याएर यस्ता जमिन किनबेच गर्न खोजेकाले आफुहरुले यस्तो कदम उठाएको र आफुले कब्जा गरेको जमिनमा पुनः चलखेल गरे सशक्त कारबाही गरिने पनि बताएका छन् ।

    किसान कमानसिंह थारुले २०५६ सालदेखि जोतभोग गर्दै आएको उक्त जग्गा र अहिले भूमाफिया ध्रुव बस्याल र महेश्वर नाथ गिरीको चलखेलमा किनबेच भएको जनाइएको छ ।

    २०७५ माघ २१ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...