News Portal

  • रवी लामिछानेसँग बिहे गरेको महिनादिन नबित्दै निकिताको पद चैट हुने संकेत, यस्तो छ कारण

    संचारकेन्द्र संवाददाता
    ९४४ पटक

    काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेसँग दोस्रो बिहे गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार मन्त्रालयले बर्खास्त गर्ने तयारी थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा नै उपस्थित हुने आइतबार बोलाइएको चौमासिक बैठकलाई पौडेलले बेवास्ता गर्दै जिम्मेवारीअनुसार उपस्थिति जनाएकी थिइनन् ।

    मन्त्री बास्कोटाले पौडेलसँग कडा स्पष्टीकरण सोधेर पदच्युत गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका हुन् । चौमासिक समिक्षा बैठकमा बोर्डको प्रगति विवरण प्रस्तुत गर्ने जिम्मेवारी पौडेलको थियो ।

    उक्त विषय उठेपछि मन्त्री बास्कोटाले निकिताको उपस्थिति नदेखेपछि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई सोधेका थिए,‘बोर्ड अध्यक्षलाई खबर थिएन ? भर्खरै बिहे गरेर यति लामो हनिमुनमा गएको हो भने छुट्टी लिएको देखिनु पर्ने, हैन भने स्पष्टिकरण सोधेर गोरखापत्रमा जस्तै पदबाट हटाउन पर्यो । अदालत गए जान्छन् । तर सँधै यसरी मनपरी गर्न पाउँदैनन् ।’

    श्रीमानसँग छुट्टिएर एक्लै बस्दै आएकी निकिताले रबीसँग यहि माघ ७ गते मात्रै प्रेमबिबाह गरेकी हुन् । उनी रबीकाी तेश्रो श्रीमती हुन् । रवीले यसअघि ईशा लामिछानेसँग बिहे गरेका थिए । निकितासंग प्रेममा परेपछि उनले जेठी ईशालाई डिभोर्स दिएका थिए । इशासँग बैबाहिक जीवनमा रहेकै अवस्थामा रवीले अर्की बिदेसी महिलासँग बिहे गरेर बच्चा समेत जन्माएका छन् ।

    लामिछानेले निकिता पौडेलसँग तेस्रो बिह्से ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् ।

    ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो, त्यसैले म आश्चर्यमा परेकी छैन,’ अमेरिकाबाट ईशाले भनिन्, ‘मेरो र दुई छोरीहरुको तर्फबाट शुभकामना लेखिदिनुहोला ।’ विगतका तीन सम्बन्धहरु जस्तो यो चौथो सम्बन्ध असफल नहोस भन्ने कामना पनि ईशाले गरेकी छन् ।

    ‘म कानूनीरुपमा रवीजीसँग अलग भए पनि सँधै उहाँको खुशी र प्रगति हेर्न चाहन्छु । मेरा छोरीहरुका बुवाको रुपमा उहाँसँग मेरो साइनो सदा जिवित रहनेछ । खाली यति भन्न चाहन्छु कि भविष्यमा नयाँ पत्नीलाई मलाई जस्तो तिरस्कार नगर्नुहोला,’ ईशाले थपिन् । ईशा अहिले दुई छोरीहरुसहित अमेरिकामा छिन् । गत महिना ईशा र रविको सम्बन्धविच्छेद भएको थियो ।

    श्रीमतीसँग डिभोर्सलगत्तै रवी लामिछानेले अर्को बिहे गरेका हुन् । रवि र निकिता केही महिनादेखि प्रेममा थिए तर उनले त्यस्तो सम्बन्ध केहि नभएकोभन्दै आफ्ना फ्यानहरुलाई ढाँट्दै आएका थिए ।

    ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर, हामी दुवैप्रति जसरी मानसिक यातना हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक–अर्काको निकै खाँचो पर्‍यो । हामी समस्त दर्शक शुभचिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौं आशिर्वाद ।’

    त्यसो त उनले आगामी वैशाखमा परम्परागत रुपमा फेरि बिहे गर्ने पनि बताएका छन् । आफूहरु दुवै जना यो निर्णयबाट खुशी रहेको रवीले बताएका छन् । उनले सुखद दाम्पत्य जीवनको लागि शुभकामनाको चाहना राखेका छन् ।

    रवी र निकिता चाबहिलमा एउटै अपार्टमेन्टमा बस्ने गर्थे । उनीहरु लिभिङ टुगेदरमा रहेको कतिपयको आशंका थियो । तर, उनीहरुले आफूहरु फरक फरक फ्ल्याटमा बस्ने गरेको दावी गरेका थिए ।

    निकितासँग बिहेसँगै रविको काँधमा तीन परिवारको जिम्मेवारी आएको छ । उनले पूर्वपत्नी ईशा र उनीतर्फका दुई छोरीहरुको सम्पूर्ण जिम्मेवारी लिने गरी सम्झौता गरेका छन् । यस्तै उनको एक विदेशी महिलासँग सम्वन्ध भएर एक छोरा छ । ती महिलाले छोरालाई दिदीको जिम्मा लगाएर अर्कै पुरुषसँग बिहे गरेकी छन् ।

    २०७५ माघ २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...