News Portal

  • तलब पाउने भएपछि २ हजार नेपाली श्रमिकले हडताल फिर्ता लिए, काममा फर्कन सहमत

    संचारकेन्द्र संवाददाता
    १३६ पटक

    काठमाडौँ । मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै २ हजार नेपाली श्रमिक बुधबारदेखि काममा फर्कन सहमत भएका छन् । तीन महिनादेखि तलब नपाएपछि उनीहरू सोमबारदेखि हडतालमा थिए ।

    क्वालालम्पुरस्थित नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको रोहबरमा कम्पनीले आउँदो फागुन १६ सम्म (फेब्रुअरी २८) भित्र जनवरी महिनासम्मको न्यूनतम तलब र ओभरटाइमबापतको सबै पारिश्रमिक भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।

    कम्पनीले नोभेम्बरसम्मको तलब सोमबार नै श्रमिकको खातामा हालिदिएको छ । डिसेम्बरको तलब फेबु्रअरी १५ र जनवरीको तलब फेब्रुअरी २८ सम्म भुक्तानी गर्ने तथा त्यसपछि पनि निरन्तर दिइरहने कम्पनीले जनाएको छ ।

    कम्पनीको लिखित प्रतिबद्धतापछि नेपाली दूतावासले कामदारलाई काममा फर्किन अनुरोध गरेको थियो । ‘दूतावासले नै तलब पाउने ग्यारेन्टी गरेको छ । हामीलाई काममा फर्किन अनुरोध गरेपछि हडताल तोडेका हौं,’ खोटाङका ललित घलानले भने ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    यस्तै यतिबेला सरकारकाे चिकित्सक सहितकाे बिशेष टाेलि मलेसियामा छ । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाकाे पहलमा सरकारले चिकित्सक सहितकाे एक टाेलिलाई मलेसियामा हुने नेपालीको मृत्युुकाे कारण खाेज्न मलेसिया पठाएको हाे ।

    मलेसियामा बिभन्न कारणले नेपालीहरु बर्सेनी ४०० काे दरले मृत्युवरण गरिरहेका छन । केही दिन अघि मलेसिया प्रबेश गरेकाे पांच सदस्यीय टाेलिले शुक्रबार नेपाली राजदुतावास क्वालालम्पुरमा पत्रकार संग भेटघाट गर्दै लेसियामा नेपालीहरुकाे मृत्यु हुने कारण बारे छिट्टै टुङ्गोमा पुगेर मृत्यु सङख्या घटाउने बताएको छ ।

    टोलीमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा. केदार बराल, सहिद गंगालाल हृदयकेन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सनद केसी, राजु पोखरेल र श्रम मन्त्रालयबाट अर्जुन खनाल रहेका छन् । टाेलिले मलेसियामा विभिन्न नेपाली समुदाय, संघ , राजदुतावास , मलेसियाकाे मेडिकल कलेज, श्रमिकहरु संग छलफल तथा अध्ययन गरेकाे छ ।

    विभिन्न रिपोर्ट , डाटा, प्रकृतिको पुर्ण अध्ययन पछि जराेमा पुगेर मृत्यु बारे ठाेस तरिकाले अगाडि बढ्ने बताएको छ । युनिभर्सिटी मलेसिया , मेडिकल कलेज, अस्पतालबाट मृत्यु बारे रिपोर्ट सङकलन कार्यभैरहेकाे र यसकाे अध्यानपछि ठाेस निर्णयमा पुग्ने टाेलिले बतायाे ।

    यता नेपाल सरकारले भने नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत अनावश्यक अंकुश लगाउने भएको छ । सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो ।

    संघीय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको ‘राहदानीसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक’ मा पासपोर्ट जारी नगरिने नकारात्मक सूची तयार पारिएको छ ।

    विधेयकको दफा १२ को उपदफा (१) को (क) देखि (ज) सम्मको सूचीलाई जहिल्यै दुरुपयोग गर्न सकिने खतरा छ । दफा १२ को उपदफा १ (क) मा व्यवस्थति गैरनेपाली नागरिकलाई राहदानी जारी नगरिने प्रावधान स्वाभाविक भए पनि अन्य प्रावधानमा दुरुपयोग हुन सक्ने सम्भावना रहेको जानकारहरु औंल्याउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

    २०७५ माघ १६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    बीस वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर मेलम्चीको पानी काठमाडौं आएन

    काठमाडौं । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान...