• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कर नतिर्ने एनसेलविरुद्ध अखिल क्रान्तिकारी सडकमा, दियो टावर ध्वस्त पार्ने चेतावनी

    4.2K
    SHARES

    ठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी एनसेलविरुद्ध सडक संघर्ष सुरु गरेको छ । क्रान्तिकारीले एनसेलले राज्यलाई तिर्नुपर्ने बाकीं कर नतिरेको भन्दै सडकबाटै संघर्ष सुरु गरेकाे हो ।

    अखिल क्रान्तिकारीले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । विरोध र्‍यालीपछि नेताहरुले सम्बोधन गर्दै एनसेलले राज्यलाई तिर्नुपर्ने कर तत्लकाल तिर्नु पर्ने बताएका छन् । उनीहरुले उक्त कर नतिरे कडा कार्यक्रमसहित संघर्षमा जाने र टावर नै ध्वस्त पारिदिने बताएका छन् ।

    नेकपाले पनि एनसेलले कर छलि गरेको भन्दै विगतदेखि दवावपूर्ण कार्यक्रम गर्दै आएको छ । उसले  एनसेलका टावरमाथि समेत आक्रमण गरेको थियो । एनसेलले प्रतिवद्धताअनुसार कर चुक्त नगरेको भन्दै नेकपाले फेरि कडा नीति लिएको बताइएको छ ।

    केहिदिन अघि क्रान्तिकारीले एनसेलमा भएको भ्रष्टाचारको विरोद्धमा देशव्यपी विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार संघर्ष काठमाडौंमा सुरु भएको हो । मंगलबार काठमाडौं उपत्यकासहित पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र सिटीभिटीले संयुक्त विरोध प्रदर्शन गरेको छ ।

    त्यस्तै माघ १७ गते भने क्रान्तिकारीको मेची क्षेत्रीय समन्वय समिति, राप्ती क्षेत्रीय समन्वय समिति, जनकपुर क्षेत्रीय समन्वय समिति र लुम्बिनी क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने उक्त सङ्गठनले जनाएको छ।

    माघ १८ गते महाकाली क्षेत्रीय समन्वय समिति, पश्चिम ताम्सालिङ क्षेत्रीय समन्वय समिति र गण्डक क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने र माघ २१ गते पूर्वी ताम्सालिङ क्षेत्रीय समन्वय समिति, सेती क्षेत्रीय समन्वय समिति र धौलागीरी क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने सङ्गठनले निर्णय गरेको छ।

    त्यस्तै  माग २३ गते भेरी क्षेत्रीय समन्वय समिति, सगरमाथा क्षेत्रीय समन्वय समिति, नारायणी क्षेत्रीय समन्वय समिति, कर्णाली क्षेत्रीय समन्वय समितिलगायतले विरोध प्रदर्शन गर्ने क्रान्तिकारीले जनाएको छ । सिक्षा क्षेत्रमा व्याप्त विकृति, विसंगतिबिरुद्ध संघर्ष गर्दै आएको क्रान्तिकारी अन्य क्षेत्रमा हुने गरेको दलाली, भ्रष्टाचार, कमिसन, र राष्ट्रघातका बिरुद्ध पनि आन्दोलन गर्दै आएको छ ।

    प्रतिक्रिया