• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    प्रहरीले रातारात काँडेतार उखेलेपछि क्रान्तिकारी आक्रोशित, ओली सरकारलाई दियो कडा चेतावनी

    4.1K
    SHARES

    दिया चन्द, काठमाडौं । आफुले सिमानामा लगाएको काँडेतार प्रहरीले रातारात हटाएपछि अखिल (क्रान्तिकारी) आक्रोसित बनेको छ । मंगलबार  चितवनको माडी नगरपालिका वडा न ५ स्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५२- ४५ नजिक विगतमा भारतद्वारा कब्जा गरिएको नेपाली भू-भागमा नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले काँडेतार लगाएको थियो ।

    तर माथिको आदेश भन्दै प्रहरीले मंगलबार राति नै उक्त काँडेतार हटाइदिएपछि क्रान्तिकारी आक्रोशित बनेको हो । बिहिबार क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले एक विज्ञप्ति सार्वजनिक गर्दै भारतीय शाषकहरुको निर्देशनमा ओली सरकारले तारबार रातारात हटाएको आरोप लगाएका छन् ।

    सरकारको यसप्रकारको घृणित कार्यको क्रान्तिकारीले भर्त्सना गरेको छ । ‘भारतीय शाषकहरुको निर्देशनमा नेपाल सरकारले गरेको उक्त घृणित कार्यको जति भर्त्सना गरेपनि कम हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ- ‘सरकारले आफैले पहल गरेर आफ्नो सिमा सुरक्षा गर्नुपर्नेमा उल्टै आफ्नै देशवासीले स्वतस्फूर्त रुपमा लगाएको काँडेतारको बार आफै उखेलेर फाल्न निर्देशन दिने बर्तमान सरकार भारतीय साम्राज्यवादीहरुको दलाली गरेर उनीहरुकै स्वार्थसिद्ध गर्न लागिपरेको कुरा दिनको घाम झैं प्रष्ट भएको छ ।’

    ओली सरकार नेपाली जनताका लागि सामन्त वा मालिक र भारतीय शाषकहरुको बफादार नोकरझैं देखिनु विडम्बना भएको क्रान्तिकारीले जनाएको छ । भारतको दलाली गरी जनताले लगाएको काँडेतारबार उखेलेर फाल्ने ओली सरकारले आफ्ना देशवासीप्रति तानाशाही प्रबृति देखाएको भन्दै क्रान्तिकारीले यो राज्यको हदैसम्मको नालायकी र अनैतिकपन भएको बताएको छ ।

    साथै प्रहरी प्रशासन लगाएर उखेलिएको काँडेतारको बार पुनः जस्ताको त्यस्तै गरी लगाइनदिन चेतावनी समेत क्रान्तिकारीले दिएको छ ।’बर्तमान कम्युनिष्ट खोले ओढेको सरकारलाई हामी चेतावनी दिन चाहन्छौं की प्रहरी प्रशासन लगाएर उखेलेर फालेको काँडेतारको बार पुनः त्यसैगरी लगाइयोस ।’ विज्ञप्तिमा अगाडि भनिएको छ- ‘अन्यथा संघर्षलाई तिब्र बनाइने छ । फासीवादी दलाल सरकारलाई जनताले लगाएको काँडेतारको बार उखेलेर फाल्ने अधिकार कसले दियो ?’

    बिदेसीको चाकडी गरेर आफ्नो स्वार्थपूर्ति गर्ने बर्तमान सरकारका कर्तुतहरुको हिसाबकिताब जनताले एकदिन अवस्य गर्ने क्रान्तिकारीले चेतावनी दिएको छ । सिमा रक्षाका लागि आफुले थालेको अभियान कुनैपनि हालतमा नरोकिने प्रष्ट भन्दै बरु अझै दृढताका साथ् अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै आफूहरुले चालेको ‘सिमानामा काँडेतार’ अभियानलाई सघाउन क्रान्तिकारीले सम्पुर्ण देशवासी, राष्ट्रवादी, क्रान्तिकारी शक्तिहरुमा आग्रह पनि गरेको छ ।  साथै जनताको पक्षमा दृढ भएर उभिन र खुल्ला सिमानाका कारण नेपाल र नेपालीले भोग्नुपरेको अन्यायको बिरुद्ध सशक्तरुपमा आवाज उठाईदिन क्रान्तिकारीले नेपालका अन्तर्राष्ट्रिय सबै भाईचारालाईलाई अनुरोध पनि गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ