• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    6.4K
    SHARES

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले पटकपटक हस्तक्षेप गर्दै आएको चितवनको माडीस्थित नेपाल–भारत सिमानामा मंगलबार काँडेतार लगाएको हो ।

    नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले माडी नगरपालिका वडा नं. ५ स्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक भारतद्वारा अतिक्रमण गरिएको नेपाली भूभाग नेपालभित्र समेटनेगरी काँडेतार लगाइएको छ ।

    काँडेतार लगाउन चितवन पुगेका संगठनका केन्द्रीय सदस्य हर्कबहादुर बिकका अनुसार ३० मिटर लामो काँडेतारको बार लगाइएको छ । देशको माटो बचाउने एउटै बिकल्प काँडेतार भएकोले अभियान शुरु गरिएको संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले संचारमाध्यमहरुसँग बताए ।

    भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन अतिक्रमण गरेको छ । ‘सीमा बचाऔँ’ अभियान अन्तर्गत उक्त स्थानमा काँडे तारबार लगाइएको र अतिक्रमण गरिएको जमिन फिर्ता नगरेसम्म अभियान जारी रहने अखिल क्रान्तिकारीले जनाएको छ ।

    “सन् १९५० देखि नेपालको सिमानामा भारतले निरन्तर अतिक्रमण भइरहेको तर नेपाली शासकहरु रमिते भइरहेका छन् । देशको सिमाना मिचिरहँदा देशभक्त, राष्ट्रप्रेमी , स्वाभिमानी नागरिक निरीह भएर बस्न सक्दैन । प्रतिरोध गर्नु अनिवार्य विकल्प हुन्छ” बिकले भने । उनले सिमानामा हुने भारतीय हस्तक्षेप, ज्यादती, लुट्पाट, सीमा क्षेत्रबासीको सुरक्षाको लागि काँडेतार एकमात्र विकल्प भएको बताए ।

    अखिल क्रान्तिकारीले काँडेतार लगाउने अभियान सुरु गरेसँगै सिंहदरवारदेखि भारतको नयाँदिल्लीसम्म यसको चर्चा भएको छ । सिमाना अतिक्रमणकारी भारतलाई नेकपाले सार्वजनिक मंचबाटै पनि पटकपटक सिमा नमिच्न चेतावनी दिँदै आएको थियो ।

    देशभर समानान्तर सत्ताको अभ्यासमा रहेको विप्लव नेतृत्वको नेकपाले भ्रष्टाचारी, दलाल, घुसखोर, बिचौलिया र राष्ट्रघातीहरुलाई पनि देशबाट लखेट्ने बताएको छ ।

    सीमा बचाउँ अभियानमा लागेका अभियान्ताहरुले काँडेतार लगाउन अभियान नै चलाए पनि काँडेतार लगाइएको नेपालको इतिहासमा पहिलो हो । सिमानामा काँडेतारा लगाएर नेकपा सिमा बचाउ अभियानमा खरो उत्रिएपछि ओली सरकार चकित परेको छ ।

     

    प्रतिक्रिया