• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति रोचक-विचित्र

    श्रीमान् नेकपा प्रवेश गरेपछि श्रीमतीसहित स-परिवारले निकाले यस्तो विज्ञप्ती

    3.2K
    SHARES

    काठमाडौं । बिश्वमा कहिलेकाहीँ अनौठा र रोचक घटना घटिरहेकै हुन्छन् । त्यस्ता कुनै रोचक घटनाले मान्छेलाई चकित पार्छ भने कुनैले खुब हासो पनि उठ्छ । विशेषगरी बिभिन्न कारण राजनीतिसँग संबन्धित घटनाहरु प्राय सुनीरहन्छन् ।

    केहिदिन अघि मात्रै मलेसियाका सुल्तान मोहम्मद पाँचौंले एक सुन्दरीका लागि राजगद्दी त्याग गरेका छन् । मलेसियाका ४९ वर्षीय राजा मोहम्मद रुसी सुन्दरीको प्रेममा थिए । सुल्तानले ती सुन्दरीसँग विवाह गर्न चाहेकाले राजगद्दी त्यागेको बताइएको छ । एक्काइसौं सताब्दीमा पनि प्रेमका खातिर राजगद्दी परित्याग गरिएको यो घटना पछि फेरि एक पटक पुरानो इतिहास मात्र दोहोरिएको छैन, त्यसले सारासंसारलाई नै आश्चर्यचकित तुल्याएको छ ।

    मलेसियाका सुल्तान मोहम्मदको १८ महिनाअघि मिस मस्कोको उपाधि जितेकी सुन्दरी ओक्साना भोइभोदिनसँग भेट भएको थियो । केही संचारमाध्यमले मोहम्मद र २५ वर्षीया सुन्दरी ओक्सानाबीच गोप्य रूपमा विवाह सम्पन्न भैसकेको बताइरहेका छन् । उनीहरूले मोहम्मदले राजगद्दी त्याग्नुको मुख्य कारण ओक्सानासँग विवाह गर्नु नै रहेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा मोहम्मद र ओक्सानाका केही अन्तरंग तस्बिर सार्वजनिक भएपछि सुल्तानले ती रुसी सुन्दरीसँग विवाह गरिसकेको कुरालाई बल मिलेको छ ।

    यता नेपालमा एउटा फरक तर रोचक घटना घटेको छ । खासमा भएको के भने, चितवन माडी न.पा. ५ निवासी तिर्थराज भुसाल माघ ५ गते नेकपा प्रवेश गरे । उनको यो प्रवेशले स्थानीय राजनीतिमा तरंग ल्यायो । तरंग ल्याउनुको कारण चाहिँ उनी नेपाली कांग्रेस चितवनका पूर्व का.वा. सभापति तथा पूर्व सांसद हुनु पनि थियो । त्यसमाथि थप, उनका पूरै परिवार कटिबद्ध कांग्रेसीजन हुन् ।

    अझ भुसालका पिता स्व. आनन्द भुसाल स्वयं पनि पर्वत जिल्लामा नेपाली कांग्रेसका संस्थापक, २०१७ सालपछि वि.पि.को निर्देशनमा पञ्चायतविरोधी क्रियाकलापमा सक्रियतापूर्वक सहभागी भए वापत टाउकोको मोल नै तोकिएका आदर्श व्यक्ति हुन् ।

    रमाइलो कुरा त के छ भने, उनको यो नेकपा प्रवेशबारे परिवारकै सदस्यजनहरुलाई सुँइको पत्तो थिएन । जब उनको दल बदलीको खबर पत्रपत्रिकामा आए, अनि मात्रै उनीहरुले यो कुरा थाहा पाए । गज्जब चाहिँ के रह्यो भने, त्यो खबरबाट चित्त नबुझाएर भुसालकी श्रीमती शर्मादेवी भुसाल लगायत उनका भाइ, दुई छोरा, एक दिदी, दुई भतिज, चार नाति र १ भान्जीले समेत संयुक्त प्रेस विज्ञप्ती निकालेर दुःख प्रकट गरेका छन् ।

    विज्ञप्तीमा उनीहरुले तीथराज भुसाललाई ‘आवेशमा गरिएको गलत निर्णय तत्काल सच्चाई नेपाली कांग्रेस पार्टीमा फर्किन अनुरोध’ समेत गरेका छन् । उनीहरुले जारी गरेको विज्ञप्ती यस्तो छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ