News Portal

  • सुरक्षाको माग गर्दै आमासँगै पुलिस कार्यालय पुगिन नायिका अमृता, आँखिर भएको के थियो ?

    संचारकेन्द्र संवाददाता
    २४४ पटक

    मुम्बई । बलिउड नायिका सारा अली खान र उनकी आमा अमृता सिंहले देहरादून प्रहरीमा जमीन सुरक्षाको लागि निवेदन दिएका छन् । देहरादूनमा अमृताका मामाको करोडौं पर्ने जमीन छ । जमिनमा भूमाफियाले नजर लगाएको उनीहरूको आरोप छ ।

    भूमाफियाले कब्जा गर्न सक्ने भन्दै उनीहरूले जमीनको सुरक्षाका लागि प्रहरीमा निवेदन दर्ता गराएका हुन् । अमृता सिंहका मामा मधुसूदन बिमबेटको शनिबार मृत्यु भएको छ । उनी क्यान्सरबाट पीडित थिए ।

    अमृता आफ्ना मामा मधुसूदनको अन्तिम संस्कारमा सहभागी भएकी थिइन । साँझ प्रहरी चौकी गएर जमीन सुरक्षाका लागि लिखित निवेदन दर्ता गराएकी हुन । अमृता सिंहले प्रहरीलाई जानकारी गराए अनुसार उनका मामा मधुसूदन बिमबेट देहरादूनमा एक्लो जीवन बिताइरहेका थिए ।

    जबसम्म उनको परिवारका अन्य व्यक्तिहरू पुग्दैनन् तबसम्म जमीनको सुरक्षा गरिदिन उनले प्रहरीलाई आग्रह गरेकी हुन् । मधुसूदन बिमबेटको जमीनमा उनको हेरचाह र रेखदेख गर्ने शेरसिंहले पनि आफ्नो हक दाबी गरेका छन् । अमृता सिंह र उनका मालिक मधुसूदनका बीचमा राम्रो सम्बन्ध थिएन । उनले पनि यसबारेमा प्रहरीलाई लिखित निवेदन दिएका छन् ।

    यसैबीच बलिउड अभिनेता सुनिल शेट्टी मल्यालम सुपरस्टार मोहन लालको नयाँ सिनेमा देखिने भएका छन्। दुबै जना सँगै काम गर्न लागौको यो पहिलो अवसर हो।

    सुनिल मोहनलालको नयाँ सिनेमा ‘मराकर: अराविकदालइन्ते सिम्हम’मा एक योद्धाको भूमिकामा देखिनेछन्। सिनेमाको सुटिङ् गत साताबाट हैदरावादको रामाजी स्टुडियोमा सुरू भइसकेको छ।

    सुनिलले आफ्नो ट्वीटरबाट सिनेमामा हुने आफ्नो पात्रको स्वरूप सार्वजनिक गरेका छन्। सो तस्वीरमा उनलाई लामो कपाल दार्ही जुँगामा देख्न सकिन्छ। सिनेमाले १६ शदाब्दीको कथा भन्नेछ। महँगो बजेटमा तयार भइरहेको सिनेमामा मलयालम, हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज हुनेछ।

    यस्तै साल २०१९ को पहिलो बलिउड वक्स अफिस हिट बनेको ‘उरी: द सर्जिकल स्ट्राइक’ सिनेमाले सय करोड भारू कमाउने अनुमान गर्न थालिएको छ।

    रिलिजको आठौं दिन सम्ममा सिनेमाले ७८.५४ करोड भारू कमाइ गरेपछि बलिउड वितरकहरूले सिनेमा सय करोडको वक्स अफिस मानकमा जाने बताएका हुन्। वितरक अक्षय राठीले सिनेमाले सय करोडको आँकडा पार गरे नौलो नहुने बताएका छन्।

    ‘सिनेमाले पक्रहेको रफ्तारलाई हेर्ने भने सिनेमाले सय करोडको आँकडा पार गरेमा आश्च्रय मान्ने छैन। सिनेमाले दोश्रो सातामा पनि राम्रो कमाइ गर्नेछ’, राठीले भने, ‘यो अर्को ‘राजी’ बन्न सक्छ।’

    उनले गत वर्ष आलिया भट्ट स्टारर राजीले पनि सय करोडपारीको कमाइ गर्ने आशा नराखेकोमा सिनेमाले सबैलाई गलत सावित गरेको र यो वर्ष ‘उरी’ले आफ्नो रफ्तारलाई कायम राखेकाले सिनेमाले सो कमाइ गर्ने बताए। ‘उरी’ सिनेमामा विक्की कौशलको प्रमुख भूमिका रहेको छ। सिनेमालाई डेब्यू निर्देशक आदित्य धारले निर्देशन गरेका हुन्।

    २०७५ माघ ६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...