• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    पत्रकार ढकालको हत्यामा सम्लग्न यी दुइ युवाले दिए प्रहरी नै चकित पार्ने यस्तो बयान

    4.6K
    SHARES

    काठमाडौं । सञ्चारकर्मी मनोहर ढकालको हत्यामा सम्लग्न हेटौंडा–११ का १९ वर्षका अनमोल पुडासैनी र मनहरी–१ बस्ने वर्ष १८ को प्रविण वाइवालाई सार्वजनिक गरिसकेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरेर उनिहरुलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा पनि पुडासैनी र वाइवाले हत्या गरेको स्विकार गरेका छन् । उनिहरुले प्रहरीलाई दिएको बयान यस्तो छ  ।

    मिति २०७५।०९।२५ गते साँझ अन्दाजी १६ः४५ बजेको समयमा हामीहरु बसी गफ गरी रहेको ठाँउमा निज मनोहर ढकाल आई भाईहरु तिमीहरु जंगलमा किन बसेको बदमासी गर्न बसेको हो प्रहरीलाई बोलाई दिउ भनी हामीलाई धम्क्याउदा हामीले पनि किन त्यस्तो भनेको भनि हाम्रो बिचमा बादबिवाद भइरहदा निजको हातमा रहेको सुनको औठी र झोला समेत बोकेकोले प्रलोभनमा परी निजले चलाएर आएको ना.२३ प ६३३८ नं.को डिस्कभर मोटरसाईकल स्टार्ट अवस्थामानै रहेको अवस्थामा हात समाती तानी लडाई घाटी थिची निजले लगाएको एम लेखेको सुनको औठी, पर्स, हार्ड डिक्स र झोला समेत खोसी मुखमा मुक्काले हिर्काई मार्ने नियतले घटनास्थलमा ढुंगा भएको खोल्सीमा धकेली दिएको र मोबाईल, सुन र पर्समा भएको रु.५००।–लिई पर्स खोल्सीमा फालेको, झोलामा केही नभएकोले झोला पनि फाली हार्ड डिक्स समेत लिई घटनास्थलबाट फरार भएको ।

    यस्तै पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

    पछिल्लो समय सामाजिक सञ्जाल र साथीसङ्गतले गर्दा बालबालिका हराउने क्रम बढेको उक्त शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीले बताए । हराएका ५२ मध्ये ३७ बालबलिकालाई अभिभावकको जिम्मा लगाएको तर चार बालिका र ११ बालक अझै फेला नपरेको उहाँले जानकारी दिए ।

    आर्थिक वर्ष २०७४÷७५ मा ८३ बालबालिका हराएका उजुरी कार्यालयमा दर्ता भएका थिए । हराउनेमा ४० बालक र ४३ बालिका थिए । हाराएकामध्ये १९ बालक र ३६ बालिकालाई अभिभावकको जिम्मा लगाइएको थियो । बेवारिसे फेला पारिएका २३ बालबालिकालाई विभिन्न सङ्घ संस्थाको जिम्मा लगाएको थियो ।

    प्रतिक्रिया