• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विद्यार्थीलाई मानसिक यातना दिएपछि कान्तिपुर डेण्टल कलेजमा क्रान्तिकारीको तालाबन्दी

    2.4K
    SHARES

    समिर चन्द, काठमाडौं । अखिल क्रान्तिकारीले कान्तिपुर डेण्डल कलेजमा तालाबन्दी गरेको छ । काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजमा क्रान्तिकारीले विभिन्न माग राख्दै बुधबार तालाबन्दी गरेको हो ।

    विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निटक अखिल क्रान्तिकारीले कलेज प्रशासनसँग विभिन्न पाँच बुँदे माग राख्दै तालाबन्दी गरेको हो । संगठनका महासचिव एवंम् मेडिकल तथा ईन्जिनयरिङ विभाग प्रमुख प्रकाश शाहीले एक बिज्ञप्ति जारी गर्दै तालाबन्दी गरिएको जानकारी दिएका छन् ।

    जारी विज्ञप्तिमा पाँच बुँदे माग पूरा गर्न भनिएको छ । चिकित्सा शिक्षा नितान्त व्यपारको विषय बनाइएको, आधारभूत जनताको पहुँचभन्दा बाहिर रहेको तथा व्यापक व्यापारिकरण, माफियाकरण र निजिकरणको शिकार भएको भन्दै क्रान्तिकारीले आफ्नो संगठन त्यसविरुद्ध आन्दोलनमा रहेको बताएको छ ।

    अखिल क्रान्तिकारीले कलेजमा अध्ययनरत पेइङ तथा एमओईका छात्रावृत्तका विद्यार्थीहरुसँग नियम विपरित शूल्क लिएको, पत्येक परीक्षा अगाडि विद्यार्थीलाई शूल्कको नाममा मानसिक यातना दिइएको आरोप समेत लगाएको छ ।

    कलेजले विश्वविद्यालयको नियमअनुसार शैक्षिक, भौतिक गुणस्तर कायम नगरेको भन्दै तालाबन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर बिकले बताएका छन्।

    पछिल्लोपटक क्रान्तिकारीले निजीकरण र व्यापारिकरणका विरुद्ध ब्यापक आन्दोलन चलाइरहेको संगठनका केन्द्रीय सदस्य प्रज्वल शाहीले बताएका छन् । केहि दिन अघि क्रान्तिकारीकै पहलमा भक्तपुरमा रहेको एक प्राबिधिक तालिम केन्द्रलाई खारेज समेत गरिएको छ ।

    सिन्धु मल्ल सञ्चालक रहेको भक्तपुर प्राबिधिक तालिम केन्द्रले मापदण्ड बिपरित कलेज चलाएको आवस्यक आधारभूत सामाग्री बिना नै कलेज सञ्चालान गरेको लगायतका माग राख्दै बिद्यार्थीहरुले आन्दोलन गरेका थिए ।

    उक्त आन्दोलनको बेला कलेज संचालकसँग तत्कालिन एमाले तत्कालिन माओवादी र काँग्रेस निकट बिद्यार्थी नेताहरुले ४ लाख घुस खाएर आन्दोलन तुहाउन खोजेको समाचार पनि त्यतिबेला बाहिरिएको थियो ।

    अन्य बिद्यार्थी संगठनले कलेज संचालकसँग मिलेर आन्दोलनलाई तुहाउउदै माफियाको पक्षमा लाग्ने प्रयास गरेपनि विप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारीले भने उक्त कलेज नै खारेज गर्नुपर्ने माग राख्दै सिटीइभिटीलाई निरन्तर दवाव दिदै आइरहेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ