• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बैक-विमा विजनेश

    दार्चुला पुग्यो माछापुछ्रे बैंक, २ वटा शाखा सञ्चालनमा

    3.1K
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंकले दार्चुलामा दुई नयाँ शाखा खोलेको छ । बैंकले अपि हिमाल गाउँपालिका र ब्याँस गाउँपालिकामा शाखा कार्यालयहरु सञ्चालमा ल्याएको हो ।

    यसअघि यी स्थानीय तहमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । नयाँ शाखाहरुमार्फत् बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुविधा उपलब्ध गराएको जनाएको छ ।

    यस्तै माछापुच्छ्रे बैंकले आईएसओ ९००१ः २०१५ मान्यता प्राप्त गरेको छ । उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस÷युकेद्वारा प्रदान गरिएको हो ।

    आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्द्रित कार्यशैली, उच्चतहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारिता, प्रक्रियागत शैली र निरन्तर सुधारलगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तमा आधारित हुन्छ । आईएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भुमिका निर्वाह गर्दछ ।

    बैंकको ग्राहक केन्द्रित योजना, सेवातथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा उक्तअन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको बैंकको दाबी छ ।

    यस्तै माछापुछ्रे बैंकले मृतक सुदिप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । मृतक सुदिप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहिआएकोमा दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकले निजको हकवालालाई सो रकम भुक्तनी गरेको हो ।

    उक्त रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बीके श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरे ।

    मृतक सुदिप कार्कीको दुर्घटनामा मृत्यु भएको थियो । मृतकका परिवारले आफ्नो दुःखको घडीमा बैंकबाट सहजै उक्त हकदाबी रकम उपलब्ध गराएकोमा बैंकलाई आभार समेत प्रकट गरेको छ ।

    माछापुछ्रे बैंकका ग्राहकहरुले तलब व्यवस्थापन बचत खातामा ६ दशमलव ५ प्रतिशत ब्याजदर पाउँदै आएका छन् । शून्य मौज्दातमै खोल्न सकिने तलब व्यवस्थापन बचत खातामा ग्राहकहरुले रु. ५ लाख सम्मको दुर्घटना बीमा सुविधा निःशुल्क पाउँदै आएका छन् ।

    प्रतिक्रिया