News Portal

  • भाइरल झक्कडले ल्याए नयाँ म्यूजिक भिडियो, भन्छन्- म त यस्तै बाच्न्या हुँ’ (भिडियोसहित)

    संचारकेन्द्र संवाददाता
    २२७ पटक

    काठमाडौं । नेपाल आइडलको पहिलो सिजनमा भाग लिएर चर्चामा आएका दैलेखी झक्कड थापाले आफ्नो पहिलो म्यूजिक भिडियो बजारमा ल्याएका छन् ।

    झक्कडले नेपाल आइडलको अडिसनमा भाग लिदा जजहरुले नै उनलाई हासोको पात्रका रुपमा लिएपछि एका तिर नेपाल आइडलको ब्यापक आलोचना भएको थियो भने अर्को तिर झक्कड चर्चामा आउदै दर्शकको मन जित्न सफल प्रतियोगीका रुपमा स्थापित भएका थिए ।

    नेपाल आइडलमा भाग लिएर चर्चित बनेका झक्कडलाई गीत गाएर नभई आफ्नै तरिकाले गाउने उनको शैलीलाई धेरैले मन पराएपछि उनि सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

    गायन प्रतियोगिता नेपाल आइडलको पहिलो सिजनमा भाग लिएका उनले नेपाल आइडलकै मन्चबाट अगाडी बढ्न त सकेनन्, तर सामजिक संजाल र युट्युबमा भने प्रयाप्त ख्याती कमाएका थिए। त्यसपछि काठमाडौँ आएर नयाँ गीत रेकर्ड गरेका थापाको गीत बजारमा आएको छ ।

    बजारमा आएको नयाँ गीतमा झक्कडलाई नेपाल आइडलकै अर्का प्रतियोगी सुरज थापाले साथ दिएका छन् । नेपाल आइडल १ देखि चर्चामा आएका झक्कड थापा अहिले नेपाल आइडल २ सकिदासम्मपनि चर्चित नै बनि रहेका छन्।

    हालै उनले आफ्नै नया गीत ‘अब गाउन्या हुँ नाच्या हुँ म त यस्तै बाच्न्या हुँ’ बजारमा ल्याएका हुन्। नेपाल आइडलमा अनौठो प्रस्तुति दिएर चर्चामा आएका झक्कडले यो गीतमा नयाँ शैली प्रस्तुत गरेका छन् ।

    भुपेन्द्र बुढाथोकीको सब्द रचना रहेको उक्त गीतमा गोबिन्द मधुर आचार्यले संगीत भरेका छन् । भने झक्कड थापाको एकल स्वरमा यो गीत बजारमा आएको छ ।

    यो गीतमा झक्कडले आफु भाइरल मात्र भएर घर परिवार नचल्ने रैछ भन्ने कुरा ब्यक्त गरेका छन् । त्यस्तै उनले गीतमा नेपाल आइडलबाट भाइरल भएकोदेखि परिवारको खर्च जोहो गर्न काला पहाड (इन्डिया) काम गर्न गएकोसम्मका कथाहरु पनि समेटेका छन् ।

    त्यस्तै उनले आफ्नो गीत मार्फत हाल आफुले नेपालगञ्जमा अटो रिक्सा चलाएर परिवार पाल्दै गरेको पनि बताएका छन् । यसरी गीत संगीत मार्फत आफ्नो बिगत र बर्तमान पनि बताएका झक्कडले यो गीत बजारमा निकै चर्चित हुने आशा गरेका छन् ।

    २०७५ पुष २९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने नेपाली जनशक्ति उत्पादन गरिन्छ – प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रनसक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका...

    २७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट पहिलोपटक निस्कियो यस्तो शब्द

    काठमाडौँ । सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि...

    एकता सकिएको २ दिन नबित्दै ओलीसँग प्रचण्ड फायर, यस्तो छ कारण

    काठमाडौं । जिल्ला तहको एकता भएको २ दिन नबित्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको...

    राष्ट्रिय भण्डारी चीन प्रस्थान

    राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको नौं दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।...

    भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुग्यो, यस्तो छ थप क्षतिको बिबरण

    काठमाडौं । ६ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...