News Portal

  • नेविसंघ महामन्त्रीसहित ७ पदाधिकारीले यसकारण दिए एकाएक राजीनामा

    संचारकेन्द्र संवाददाता
    ९६ पटक

    काठमाडौं । नेविसंघका सात जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर राजीनामा बुझाएका हुन् ।

    राजीनामा बुझाउनेहरुमा उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् ।

    राजीनामा बुझाउन नेविसंघ पदाधिकारीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरु सबै देउवा निकटकै मानिन्छन् । ७ पदाधिकारीको राजीनामाले नेविसंघ अध्यक्ष नैनसिंह महर अप्ठ्यारोमा परेका छन् ।

    उपाध्यक्ष यादवले भने, ‘तोकिएको मितिमा अधिवेशन गर्न सकिएन, यस्तो अवस्थाले नेविसंघ चल्दैन, त्यसैले निकास दिनका लागि पार्टी सभापतिलाई संयुक्तरुपमा राजीनामा बुझाएका हौं ।’

    नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिँदैछ ।

    पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन नसक्ने भएपछि नेविसंघको वर्तमान कार्यसमिति संकटमा परेको छ ।

    यसैबीच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले अपारदर्शी ढंगले काम गरिहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कन्चनपुर शाखाले शुक्रबार महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सबैतिरबाट पारदर्शीताको माग भइरहेका बेला सरकारका काम–कारबाही अपारदर्शी देखिन थालेको टिप्पणी गरे ।

    अर्बौं रुपैयाँका परियोजनामा पनि टेन्डर नहाली प्रधानमन्त्री आफैंले दिन पाउने व्यवस्था गरिनु आपत्तिजनक भएको उनको भनाइ थियो । नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीका क्रियाकलाप संसदीयभन्दा पनि एकदलीय व्यवस्थाको जस्तो रहेको जिकिर गरे ।

    प्रतिपक्षीकारुपमा कांग्रेसले खेलेको भूमिकामाथि प्रश्न गर्न आवश्क नरहेको भन्दै उनले आफूहरुले संसदभित्र र बाहिर र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषय उठान गरेको बताए ।

    २०७५ पुष २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...