News Portal

  • पृथ्वी जयन्तीका दिन प्रधानमन्त्री ओलीले भने- राजतन्त्र फर्कने सपना नदेखे हुन्छ

    संचारकेन्द्र संवाददाता
    ४१ पटक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेका छन् ।

    २९७औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने–‘पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनैपनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे पनि हुन्छ । पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर मुख मिठ्याउनेबीच कुनै साइनो छैन । वास्तवमा राजतन्त्र पुनःस्थापनाको सपना देख्ने प्रतिगामीमात्रै हुन् ।’

    प्रधानमन्त्री ओलीले स्पस्ट नीतिका साथ सरकारले नयाँ बाटो समातेको र प्राप्त उपलब्धिलाई संस्थागत गरी जनतालाई परिवर्तनको अनुभूत गराइने उल्लेख गर्दै ‘यो पाँचवर्षे स्थायी सरकार हो । संख्याको बहुमतमात्र हैन, स्पस्ट ‘भिजन’सहित अगाडि बढेका छौं । आँकडामा खेलेर परिवर्तन आउँदैन । बरु, उपलब्धिले आँकडालाई परिवर्तन गर्ने हो । मैले बजेट कार्यान्वयन मंसिरसम्मको पाँचमहिने तथ्यांक प्रस्तुत् गरेको हुँ’–भने ।

    प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण कानुन निर्माणमा बढी केन्द्रित हुनुपरेको उल्लेख गर्दै सरकारले अब विकास र समृद्धिको यात्रालाई रफ्तारमा अघि बढाउने बताए ।

    उनले भने–‘गत असोज २ गतेसम्म मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन निर्माणमा बढी अल्मलिनुपर्‍यो । त्यसयता अरु कानुन निर्माणसँगै नयाँ अभियान पनि चलाइरहेका छौं । जसका सकारात्मक असर देखिँदैछन् । अब नेपालमा कोही भोकै बस्नुपर्दैन । भोकले मर्नुपर्दैन । तराईमा शीतलहरबाट जोगाउन न्यानोका लागि आवश्यक सामग्री पठाएका छौं । अर्को वर्षसम्म निरक्षरता उन्मूलन गर्ने अभियानका साथ लागेका छौं । त्यसैले अब सरकारले नयाँ बाटो समातेको छ ।’

    प्रधानमन्त्री ओलीले पृथ्वीनारायणलाई राष्ट्र निर्माणको अगुवाइ गर्ने नायककारुपमा आफूले बुझेको चर्चा गर्दै राष्ट्रिय एकतालाई अहिलेको आवश्यकताअनुरुप सबल र मजबुद् बनाइनुपर्नेमा जोड दिए । पृथ्वीनारायणले नेपाल राष्ट्रको एकीकरणको अगुवाइ नगरेको भए नेपाल अहिलेको अवस्थामा नआउने उनको भनाइ थियो ।

    स्वाधीन राष्ट्र नेपाललाई विगतमा भड्काउन र विभाजन गर्न विभिन्न चलखेल भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हीत, न्यायोचित र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा छिमेकीसँगको सम्बन्धलाई सौहार्दपूर्ण बनाइने बताए ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश र विचारलाई स्वाधीन राष्ट्र निर्माणका लागि आजका दिनमा पनि उत्तिकै सान्दर्भिक भएको धारणा व्यक्त गरे ।

    ‘पृथ्वीनारायणका विचार राष्ट्रलाई एकता र समृद्ध बनाउनेखालका छन् । ‘दुई ढुंगाबीचको तरुल’ यहाँको कूटनीति आजपनि सान्दर्भिक छ । प्राज्ञिक वर्गले यसलाई अझ सान्दर्भिक बनाएर लैजानुपर्छ’–उनले भने ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विश्व साम्राज्यवादले घेरेको विषम परिस्थितिमा नेपाललाई एकीकरण गर्न पृथ्वीनारायणले गरेको योगदानलाई आजको पुस्ताले भुल्न नहुने विचार व्यक्त गरे ।

    प्रतिष्ठानकै उपकुलपति डा. जगमान गुरुङले पृथ्वीनारायणको राष्ट्र निर्माणको योगदानलाई आत्मसात् गर्दै अग्रगमनतर्फ लागेर प्राज्ञिक उन्नतिमा लाग्नुपर्नेमा जोड दिए ।

    यसअघि, प्रधानमन्त्री ओलीले प्रज्ञा–भवन परिसरमा निर्माण गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा निर्मित प्रतिमा अनावरण गरेका थिए ।

    त्यस्तै, कविशिरोमणि लेखनाथ पौड्यालको १३६औं जन्मजयन्तीका अवसरमा निर्मित प्रतिमाको पनि उनले अनावरण गरेका थिए ।सँगैको सरस्वती मन्दिरमा प्रधानमन्त्रीले माल्यार्पण गर्नुका साथै परिसरमै प्रदर्शित एकीकरणसँग सम्बन्धित चित्रकलाको अवलोकनसमेत गरेका थिए ।

    ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक प्रवचन तथा प्रतिमा अनावरण कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, नेपाल ललितकला प्रतिष्ठान र नेपाल नाट्य तथा संगीत प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

    २०७५ पुष २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...