News Portal

  • कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा एसएसबीले गोली चलाएपछि स्थानीयको भागाभाग

    संचारकेन्द्र संवाददाता
    १०१ पटक

    कैलाली । कञ्चनपुरको महाकाली नगरपालिका–१० को कुत्तियाकभर नजिक मा भारतीय सीमा सुरक्षा बल एसएसबीले गाेली चलाएको छ । नेपाल–भारत सीमा क्षेत्र दशगजामा आपसी विवादमा भारतीय एसएसबीका जवानहरूले दर्जनौं राउण्ड गोली चलाएका हुन् ।

    मदिरा सेवनपछि एसएसवीका जवानहरूबीच विवाद हुँदा बिहीवार साँझ सीमा स्तम्भ नं २१ नजिक गोली चलाएको स्थानीयले बताएका छन्। गोलीको वर्षा भएजस्तै आवाज आउँन थालेपछि दशगजा क्षेत्रमा स्थानीय बासिन्दाको भागाभाग समेत भएको थियाे। गोली चलाउने दुवै जवानलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ।

    लगातार गोलीको आवाज आउन थालेपछि सशस्त्र प्रहरी बल विओपी दोधारा चाँदनी र इलाका प्रहरी कार्यालय दोधाराको टोली सीमा क्षेत्र पुगेको थियो। सीमा क्षेत्रमा गोली चलेपछि सशस्त्र प्रहरी र इलाका प्रहरीले जवानले सुरक्षा दिइरहेका छन्।

    नेपालतर्फ कुनै किसिमको त्रासको वातावरण नभएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए । एसएसबीका जवानले चलाएको गोलीका ६ वटा खोका स्थानीय टेक बहादुर सुनारको आँगनमा फेला परेका छन्।

    भारतीयहरुले पटकपटक सिमानामा नेपालीहरुलाई तर्साउन अनेक काण्डहरु गर्दै आएका छन् । केहि समयअघि नेपाल भारतको सीमा क्षेत्र त्यो पनि दशगजामा नै भारतले बनाउन लागेको बाटोको स्थानीयले विरोध गरेर रोकेका थिए ।

    एक साता देखि मोरङको जहदा गाँउपालिका वडा नं. १ कालाबञ्जरको दशगजामा भारतले बनाउदै गरेको बाटो प्रहरी प्रशासनले रोक्न नसकेपछि स्थानीय आफैले निर्माण कार्य रोक्न लगाएका हुन् ।

    दशगजा भित्रै बनाइएको सो बाटो निर्माण पछि नेपाल तर्फको भूभाग डुबानमा पर्ने भएकाले स्थानीयवासीले प्रहरी प्रशासनलाई जानकारी गराए पनि प्रहरीले चासो नदिएको जहदा गाँउपालिका वडा नं. १ का वडाध्यक्ष प्रदीपचन्द्र यादवले बताए ।

    बिहारका विधायक मञ्चन केशरीको विधायक फण्डबाट करिब ४ लाख १५ हजार भारतीय रुपैयाँमा सो पीसीसी बाटो निर्माण भईरहेको थियो ।बिहारको कुशमाहा ग्राम पञ्चायत वडा नं. ४ आमगाछीको दशगजामा करिब २ सय मिटर बाटो निर्माण भईसकेको छ ।

    अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरित बिहार सरकारले दशगजामा बाटो बनाउनु गलत भएको भन्दै नेपालीहरुले बिरोश जनाएका थिए भने प्रहरी प्रशासनले चासो नदिदा बाटोको निर्माण रोक्न स्थानीय आफै जुट्नु परेको थियो ।

    तस्वीर गुगलबाट

    २०७५ पुष २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...