News Portal

  • मनपरी शूल्क असुल्न विद्यार्थी नेता किन्ने कलेज क्रान्तिकारीको पहलमा खारेज, बुझायो ३ बुँदे मागपत्र

    संचारकेन्द्र संवाददाता
    १३४ पटक

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीकक तालिम परिषद् (सिटिईभिटी)ले स्वीकृत शर्तहरु र तोकिएको शूल्क भन्दा बढी असुल कार्य नरोकेपछि भक्तपुरको एक शैक्षिक संस्थालाई खारेज गरेको छ । सिटिईभिटीबाट सम्बन्धन लिएको भक्तपुर प्राविधिक तामिल केन्द्र, बालकोट खारेजीमा परेको हो ।

    अनमी कार्यक्रम संचालन गरिरहेको उक्त शैक्षिक संस्थालाई पटकपटक अनुगमन गरी औल्याइएका कमीकमजोरी सुधार गर्न दिइएको निर्देशन एवं प्रतिवद्धता पालना नगरेको भन्दै सिटिईभिटी स्थत निर्धारण महाशाखाले पुस २५ गतेको निर्णयअनुसार गद्द गरेको जनाएको छ । सात दिन र तीन दिन गरी दुई पटक उक्त तामिल केन्द्रलाई लिखित रुपमा स्पष्टिकरण सोधिएको तर जवाफ चित्त बुझ्दो नभएकोले खारेज गरेको सिटिईभिटीले जनाएको छ ।

    उक्त शैशिक्ष संस्थाले आफ्नो कमजोरी ढाकछोप गर्न केही दिन पहिला विद्यार्थी नेताहरुलाई चार लाख दिएको विषय सार्वजनिक भएको थियो । विद्यार्थीहरुबाट दुई लाख चालिस हजारसम्म शूल्क असुल गरेको, छात्राबास बस्नुपर्ने बाध्य बनाउँदै आएको थियो । कमजोरी लुकाउन केही विद्यार्थी नेताहरुलाई रुपैयाँ खुवाएको भन्दै अखिल क्रान्तिकारीको अगुवाईमा तीन विद्यार्थी संगठनले आन्दोलन गरेका थिए ।

    नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी सिटीईभिटी समन्वय समिति अन्तरगत उपत्यका विशेष जिल्ला समितिका अध्यक्ष प्रज्वल शाहीले सिटिईभिटीको निर्णयलाई सही कदम भन्दै धन्यवाद थिए । उनले आफ्नो संगठनको पहलमा भएको आन्दोलन सफल भएको बताए । उनले अरु यस्तै मापदण्ड विपरित र मनपरी शूल्क असुली गर्ने शैक्षिक संस्थामाथि संगठनले अनुगमन गरिरहेको बताए ।

    यसैबीच बिहिबार मात्रै समन्वय समितिले तीन बुँदे मागपत्र सिटिईभिटीलाई बुझाएको छ । क्रान्तिकारीले गत कार्तिक १४ भएको बार्तामा शूल्क वृद्धि नगर्ने, सस्थाहरुको प्रभावकारी अनुगमन गर्ने, आंगिक सस्थाहरुमा छात्रवृत्तिकोटा १५ प्रतिशत पुर्याउने, ब्याक परीक्षाको ब्यबस्थापन गर्न कार्यदल हथान गर्ने लगायतका ५ बुँदे सहमति भएकोमा उक्त सहमति कार्यन्वयनका लागि आवश्यक प्रक्रिया यथासिघ्र अगाडि बढाउन माग गरेको छ ।

    त्यस्तै फोरम फर हेल्थको आडमा बिभिन्न कलेजहरुले गरेको शूल्कवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको समते क्रान्तिकारीले मागपत्र मार्फत बताएको छ । समितिका संयोजक हर्कबहादुर बिकले हस्ताक्षर गरेको मागपत्र बुझाएर फर्कदै गर्दा विहीबार बिकसहित उपत्यका अध्यक्ष शाहीलाई प्रहरीले गिरफ्तार समेत गरेको थियो । तर, साँझै प्रहरीले छोडिसकेको छ ।

    हेर्नुहोस् मागपत्र

    २०७५ पुष २७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रश्नपत्र समेत आउट गरेको भन्दै डोटीका जिशिअलाई विद्यार्थीले दले कालामोसो

    डोटी । डोटीका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालाेमाेसाे दलिएको छ...

    संसदबाट विप्लवलाई ओलीको यस्तो धम्की- ‘हतियार लिएर लुरुलुरु बुझाउन आउ, नत्र जान्याछु’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका सबै गतिविधि नियन्त्रण गरेरै छाड्ने चुनौती दिएका छन् ।...

    आईपिएलमा सन्दीप पहिलो म्याचमा नै आज प्लेइङ एघारमा पर्ने सम्भावना

    काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो खेलमै...

    सुदर्शनसहित ९ जनालाई ८ दिनको म्याद थपियो, यस्तो लगायो मुद्दा

    काठमाडौं । शनिबार बिहानै गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड...

    निर्मला हत्या प्रकरण : जिल्ला अदालतले एसपी डिल्लीराजलाई दियो यस्तो आदेश

    निकाठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग...