News Portal

  • एसियन कप फुटबलमा जापान, कतार र उज्वेकिस्तान विजयी

    संचारकेन्द्र संवाददाता
    ४७ पटक

    उपाधि दावेदार जापानले युएईमा जारी एसियन कप फुटबलमा विजयी सुरुवात गरेको छ । एसियन पावर हाउस जापानले गएराती भएको खेलमा तुर्कमिनिस्तानलाई ३–२ ले हरायो ।

    गएराती भएको अर्को खेलमा उज्वेकिस्तानले ओमनालाई २–१ ले पराजित गर्दा कतारले लेबननमाथि २–० को जित निकाल्यो । एसियन कप फुटबलमा आज तिन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पोने ५ वजे बहराईन र थाईल्याण्ड भिड्दा सवा ७ वजे जोर्डन र सिरिया तथा राती पौने १० वजे भारत र आयोजक युएई भिड्नेछन् ।

    पहिलो खेलमा थाईल्याण्डलाई ४–१ ले हराउँदै सनसनी मच्चाएको भारत आज लगातार दोस्रो जितको खोजिमा छ ।  यस्तै इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटीले बुर्टन आल्बियोनलाई पराजित गरेको छ ।

    गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ९–० को विशाल अन्तरमा विजयी भयो । सिटीका लागि ब्राजिलियन खेलाडी ग्याब्रिएल जिससले चार गोल गरे ।

    यसैगरी केभिन डे ब्रायन, रियाद माहारेज, फिल फोडन, जिन्चेन्को र कायल वाल्करले एक एक गोल गरे । जितसँगै म्यान सिटीले लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल यात्रा निश्चित पारेको छ ।

    दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका दिन बुर्टनको मैदानमा हुनेछ । बुर्टन आल्बियोन इंग्लीश फुटबलको तेस्रो श्रेणीको टोली हो । उसले लिग वानमा प्रतिस्पर्धा गर्दछ ।

    लिग कप फटबलको दोस्रो सेमिफाइनल खेलमा टोटनह्याम हट्सपर र चेल्सी भिड्दैछन् । पहिलो लेगमा टोटनह्यामले १–० को अग्रता लिएको छ ।

    उता ईजिप्टका फुटबल खेलाडी मोहोमद सालाह अफ्रिकी वर्ष फुटबल खेलाडी घोषित भएका छन् । सेनेगलमा मंगलबार राति भएको एक भव्य समारोहकाबिच सालाहले उपाधि जितेका हुन् ।

    इंग्लीश फुटबल क्लब लिभरपूलबाट व्यावसायिक फुटबल खेल्दै आएका सालाह लगातार दोस्रो वर्ष अफ्रिकी वर्ष खेलाडी बनेका हुन् ।यो क्रममा उनले लिभरपूलबाट खेल्दै आएका सेनेगलका खेलाडी सादियो माने र आर्सनलबाट खेल्दै आएका गाबोनका खेलाडी पिएरे एमरिक औबामायङ्गलाई पछि पारे ।

    महिलातर्फ दक्षिण अफ्रिकाकी खेलाडी थेम्बी गात्लाना वर्ष खेलाडी बन्न सफल भइन् । यसैबिच यो वर्षको अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिता ईजिप्टले आयोजना गर्ने भएको छ । सेनेगलमा हिजै बसेको अफ्रिकी फुटबल महासंघको बैठकले इजिप्टलाई आयोजनाको जिम्मेवारी दिएको हो ।

    पूर्वघोषित आयोजक क्यामरुनले निकै ढिला तयारी गरेको भन्दै महासंघले नयाँ आयोजक छानेको हो । आयोजक बन्ने दौडमा रहेको अर्को मुलुक दक्षिण अफ्रिकाले एक भोट पाउँदा ईजिप्टको पक्षमा १६ भोट परेको छ । १७ सदस्यीय कार्यसमितिमा भएको भोटिङमा एक जना अनुपस्थित रहे ।

    २०७५ पुष २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    पूर्वबाट विद्रोही नेकपाका अर्का नेता गिरफ्तार, आफन्त भन्छन्- प्रहरीले बेपत्ता पार्‍यो

    काठमाडौँ । केपी ओली सरकारले विद्रोही नेकपामाथिको दमनलाई व्यापक बनाएको छ । नेकपा नेता कार्यकर्ता...

    प्रश्नपत्र समेत आउट गरेको भन्दै डोटीका जिशिअलाई विद्यार्थीले दले कालामोसो

    डोटी । डोटीका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालाेमाेसाे दलिएको छ...

    संसदबाट विप्लवलाई ओलीको यस्तो धम्की- ‘हतियार लिएर लुरुलुरु बुझाउन आउ, नत्र जान्याछु’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका सबै गतिविधि नियन्त्रण गरेरै छाड्ने चुनौती दिएका छन् ।...

    आईपिएलमा सन्दीप पहिलो म्याचमा नै आज प्लेइङ एघारमा पर्ने सम्भावना

    काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो खेलमै...

    सुदर्शनसहित ९ जनालाई ८ दिनको म्याद थपियो, यस्तो लगायो मुद्दा

    काठमाडौं । शनिबार बिहानै गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड...