News Portal

  • यात्रुहरुलाई खुसीको खबर, घट्ने भयो आन्तरिक हवाई भाडा

    संचारकेन्द्र संवाददाता
    ६६ पटक

    काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई उडानका प्रयोग हुने इन्धनको मूल्य घटाएपछि देशभरको हवाई भाडा पनि घट्ने भएको छ। इन्धनको मूल्यमा एक रुपैयाँ तलमाथि हुँदा भाडा पनि घटबढ हुने व्यवस्थाअनुसार भाडा घट्ने भएको छ।

    उडानमा भाडा र इन्धन शुल्कको नामा छुट्टै शिर्षक हुन्छ जहाँ यात्रुले भने एउटै शिर्षक भाडाको रुपमा तिर्छन्। इन्धनको मूल्य घटेपछि इन्धन शुल्क शिर्षकको मूल्य घट्ने भएको हो। यसका लागि भाडा र इन्धन शुल्ककाे भार तय गरिएकाे हुन्छ जसलाई भाडा निर्धारण सुत्र भनिन्छ।

    वायु सेवा संचालक समितिले इन्धनको मूल्य घटेपछि भाडा पनि घटाउने भएको हो। घटेको मूल्य लागू भएपछि संघको बैठक बसेर भाडाको बारेमा निर्णय गरिने संघका अध्यक्ष पवित्राकुमार कार्कीले जानकारी दिए।

    ‘भाडा घटेको प्रभावकारी भएपछि हामी बैठक बसेर निर्धारित सुत्रअनुसार नयाँ भाडा समायोजन हुन्छ जसको जानकारी नागरिक उड्डयन प्राधिकरण हुँदै मन्त्रालयलाई दिएपछि भाडा लागू हुन्छ’ उनले भने।

    यस्तै यता नेपाल विद्युत प्राधिकरणले सिंगल फेजको नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिने भएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिंगल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धता जनाएको छ।

    प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिंगल फेजको मिटर प्रयोग गर्छन् । यसैगरी, थ्रि फेज र टिओडी नयाँ मिटर क्रमश १५ र ३० दिनभित्रमा जडान गरिदिने प्रतिबद्धता प्राधिकरणले जनाएको छ ।

    ग्राहकलाई प्रवाह गर्ने सेवालाई अझै प्रभावकारी बनाउन र कार्यालय प्रमुख तथा कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

    मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने, निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइनको निर्माणलाई तिब्रता दिने लगायतका काममा केन्द्रित भएका छन् ।

    चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । घिसिङले ग्राहक सेवा सुधारका लागि ग्राहक सेवा सम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्न निर्देशन दिएका हुन् ।

    नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको ग्राहकबाट गुनासो आएपछि प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ ।

    अब हरेक वितरण केन्द्रले आफूले प्रदान गरिने सेवा, कार्यसम्पादन अवधि र सम्पर्क व्यत्तिको नाम तथा सम्पर्क मोवाइल नम्बर समेटिएको विवरण कार्यालय परिसरमा ग्राहकले देख्ने ठाउँमा राख्नु पर्ने छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनायले प्रतिबद्धता पत्र आफू मातहतका कार्यालयहरुमा राख्न ८ वटै क्षेत्रीय कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।

    सिंगल फेजको मिटर जलेमा वा विग्रेमा एक दिन, थ्रि फेजको तीन दिन र डिओडी १० दिनभित्रमा जडान÷मर्मत गर्ने प्रतिबद्धा प्राधिकरणले जनाएको छ । सर्भिस केवल तथा वितरण लाइन बिग्रेमा १२ बजेसम्म जानकारी आएको सोही दिन र त्यसपछिको भोलिपल्ट मर्मत गरिने छ । यसैगरी, मिटर रिडिङ र बिल सम्बन्धी समस्या १२ बजेसम्म जानकारी आएको सोही दिन र त्यसपछिको भोलिपल्ट समाधान गर्ने प्रतिबद्धता प्राधिकरणको छ ।

    प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोवाइल नम्बरमा वा प्राधिकरणको जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५०मा अभिलेख गर्न सकिने व्यवस्था गरिएको छ । प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई क्षेत्रीय कार्यालय र त्यस अन्तर्गतका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ ।

    २०७५ पुष २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रश्नपत्र समेत आउट गरेको भन्दै डोटीका जिशिअलाई विद्यार्थीले दले कालामोसो

    डोटी । डोटीका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालाेमाेसाे दलिएको छ...

    संसदबाट विप्लवलाई ओलीको यस्तो धम्की- ‘हतियार लिएर लुरुलुरु बुझाउन आउ, नत्र जान्याछु’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका सबै गतिविधि नियन्त्रण गरेरै छाड्ने चुनौती दिएका छन् ।...

    आईपिएलमा सन्दीप पहिलो म्याचमा नै आज प्लेइङ एघारमा पर्ने सम्भावना

    काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो खेलमै...

    सुदर्शनसहित ९ जनालाई ८ दिनको म्याद थपियो, यस्तो लगायो मुद्दा

    काठमाडौं । शनिबार बिहानै गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड...

    निर्मला हत्या प्रकरण : जिल्ला अदालतले एसपी डिल्लीराजलाई दियो यस्तो आदेश

    निकाठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग...