News Portal

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि सबै उडान ठप्प, यस्तो छ कारण

    संचारकेन्द्र संवाददाता
    १५५६ पटक

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि उडान प्रभावित भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार भीसीसीएस बिग्रिएकाले त्यसलाई परिवर्तन गर्ने काम भइरहेको जानकारी दिए ।

    भीसीसीएस बिग्रिएको कारण उडान प्रभावित भएको उनले बताए । क्षेत्रीले भने, ‘एरिया एप्रोचको पावर सप्लाईमा प्रबलमका कारण भीसीसीएस गएको हो । भीसीसीएस हामीसँग एक्स्ट्रा छ । इन्जिनियर साथीहरुले त्यो जोड्दै हुनुहुन्छ ।’

    काठमाडौं उपत्यका भित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गर्छ भने बाहिरको क्षेत्रका लागि भीसीसीएस उपकरण चाहिने उनले बताए । महाप्रवन्धक क्षेत्रीले विमानस्थलको टावरमा भने कुनै समस्या नरहेको जानकारी दिए ।

    यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले भारत जान लागेको बेला भारतीय एयरलाईन्समा दोहोरो चेकिङ्ग गरिरहेको बताइ रहेका बेला भारतीयपक्षले त्यसको स्पष्टीकरण दिएको छ । भारत जान लागेका बेला मन्त्री ज्ञावलीले नेपालको तर्फबाट चेकिङ्ग भइसकेपनि भारतीय एयरलाईन्सले आफ्नो तर्फबाट दोहोरो चेकिङ्ग गरिरहेको बताएका थिए ।

    मन्त्री ज्ञवालीको भनाइको बचाउ गर्दै भारतीय पक्षले उच्च सुरक्षा सर्तकताका लागि आफ्नो एयरलाईन्समा दोहोरो चेकिङ्ग गराइरहेको बताएको हो । भारतीय उच्च अधिकारीहरूका अनुसार की वर्ष अगाडि काठमाडौंबाट कानधारका लागि उडेको विमान अपहरण भइसकेका कारण उच्च सुरक्षा सतर्कताका लागि दोहोरो चेकिङ्ग गराउनु परेको दाबी गरेका छन ।

    नेपालको विमानस्थल अन्तर्राष्ट्रिय चेकिङ्गको मापदण्डमा नरहेका कारण दोहोरो चेकिङ्ग गरेको भारतीय पक्षको आरोप छ । नेपाली अधिकारीहरूद्वारा सुरक्षा जाँच भईसकेपनि वायुसेवाभित्र विभिन्न किसिमका हतियार, विष्फोटक पदार्थहरू जान सक्ने भएकाले दोहोरो सुरक्षा जाँच भएको बताइएको छ ।

    भारतको विमान नेपालबाट अपहरणमा परेका कारण दीर्घकालीन असरहरू परेको भारतीय पक्षको भनाइ छ । नेपालबाट भारतीय विमान अपहरण भएपछि आतंकवादी मौलाना मशुद अजहदलाई रिहा गर्नु परेको भारतीय पक्षले जनाएको छ ।

    मोहमद नामक अपराधी बनेर भारतमा वितण्डा मचाउनका लागि आतंकवादीहरु पठाइरहेको जनाइएको छ । यस कारणले भारतीय वासु सेवालाई दोहोरो चेकिङ्ग गरिरहेको जनाईएको छ ।

    सरकारले सञ्चालन ढाचा टुंगो लगाउन नसक्दा उता पूर्वनिर्धारित समयमा भैरहवा विमानस्थल सञ्चालन चुनौतीपूर्ण देखिएको छ । निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी असारदेखि उडान सञ्चालन गर्ने कार्यतालिका तय भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १३ गतेबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ । यसबारे समयमै निर्णय हुन नसक्दा निर्धारित समयभित्र विमानस्थल सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण भएको प्राधिकरणकै भनाइ छ ।

    यो विमानस्थल दुई देशबीचका सरकारको सम्झौता (जीटूजी)मा सञ्चालन गर्ने गरी प्राधिकरण सञ्चालक समितको पुस ५ गतेको बैठकले निर्णय गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । प्राधिकरणले गरेको प्रस्तावलाई मन्त्रालयले मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ ।

    सरकारबाट निर्णय भएपछि परराष्ट्र मन्त्रालयमार्फत इच्छुक कम्पनी ल्याउनुपर्ने हुनाले जति ढिला भयो उति विमानस्थल सञ्चालन पछाडि धकेलिने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए । यो विमानस्थलबाट उडान गर्न ‘अपरेसनल रेडिनेस एन्ड एयरपोर्ट ट्रान्सफर (ओरएट) तथा अपरेसनल एन्ड म्यानेजमेन्ट÷मेन्टिनेन्स (ओएनएम) गरेर दुई पक्षबाट काम गराउनै बाँकी रहेको उनको भनाइ छ ।

    श्रेष्ठका अनुसार एयर नेभिगेसन, एरोड्रम तथा मेन्टिनेन्स, जीवनोद्वार र आगलागी नियन्त्रण, अध्यागमन, भन्सार, ग्राउन्ड ह्यान्डलिङ, कम्युनिकेसन तथा इक्विपमेन्ट जडानसहित थुप्रै काम बाँकी छ । विमानस्थलमा बस्ने कर्मचारीको क्षमता विकास तालिम, यात्रु सेवालगायत काम ओरएटअन्तर्गत गराउनुपर्छ । ओरएटपछि विमानस्थल सञ्चालन गर्न आवश्यक एरोड्रम, सेक्युरिटी, फ्लाइट प्रोसिड्युरसहित म्यानुअल ओएनएमअन्तर्गत बनाउनुपर्छ ।

    अहिलेसम्म भैरहवा विमानस्थल सञ्चालन गर्न कुनै पनि म्यानुअल बनेको छैन । ओरएट र ओएनएमका लागि कम्तीमा ६ देखि ८ महिना लाग्छ । विमानस्थल सञ्चालन, निजी सार्वजनिक साझेदारी (पीपीपी) का विषयलाई सरकारले जति छिटो निर्णय गर्छ उति चाँडो विमानस्थल सञ्चालन प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    विमानस्थल सञ्चालन गर्नेले ओरएट गर्छ भन्ने मनसायले प्राधिकरणले योजना तय गरेको छ । विमानस्थल सञ्चालन गर्न तय गरिने प्रक्रियाबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने हुन्छ । प्रक्रियाका सम्बन्धमा कार्य गर्ने कम्पनीले विमानस्थल सञ्चालन गर्दा सहज हुने भएकाले उसैबाट ओरएट र विमानस्थल सञ्चालन गराउने प्रस्ताव माग गर्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणले अगाडि बढाएको ओरएट र ओएनएमको काम समयमै गर्न नसके विमानस्थल असारदेखि सञ्चालनमा आउन सक्दैन ।

    ‘प्राधिकरणले कुनै पनि देश वा विमानस्थलको नाम तोकेर प्रस्ताव गरेको छैन, तर अन्तर्राष्ट्रिय मान्यताका सरकारी कम्पनी आउनुपर्छ’, श्रेष्ठले भने । ओएनएमले गर्ने काम कुन देशसँग कनेक्टिभिटी मिलाउने, अपरेसन तथा म्यानेजमेन्ट गर्न बाँकी नै छ । यसले ग्राउन्ड ह्यान्डलिङ, क्याटरिङ, टर्मिनल व्यवस्थापन, यात्रुको चाप मिलाउने, सेड्युल मिलाउने र पार्किङलगायत काम गर्छ । यो काम ओरएटकै समय तालिका अनुसार गर्न सकिने श्रेष्ठको भनाइ छ ।

    २०७५ पुष २४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...