News Portal

  • बीपीएलमा सन्दीपको टिमको खेल आज, डेब्यू गर्ने सम्भावना

    संचारकेन्द्र संवाददाता
    ९४ पटक

    काठमाडौं । विग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले आज बंगलादेश प्रिमियर लिगमा डेब्यू गर्दै छन्। पहिलो पटक प्रतियोगता खेल्न लागेका सन्दीप लामिछानेले पहिलो खेलमै डेब्यू गर्ने सम्भावना प्रवल छ। बिग ब्यासमा सुरूवाती चार खेल लगातार खेलेका सन्दीपले आठ विकेट लिँदै सनसनी मच्चाएका थिए।

    त्यसपछि बंगलादेश आएका सन्दीपले सिलेट सिक्सर्सबाट आज कोमीला भिक्टोरियन्ससँग खेल्ने भएका हुन्। ढाकामा हुने यो खेल नेपाली समय अनुसार १२:१५ बजेबाट सुरू हुनेछ। सन्दीपले आफ्नो लयलाई बंगलादेशी भूमीमा पनि कायमै राख्ने विश्वास खेलप्रेमीहरूले लिएका छन्।पूर्वपाकिस्तानी खेलाडी वकार युनिसको प्रशिक्षणमा रहेको सिलेट सिक्सर्समा सन्दीपले डेभिड वार्नरको कप्तानीमा बीपीएल खेल्नछन् ।

    सिलेटमा सन्दिपसँगै मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि, गुलाब्दिन नैब, आन्द्रे फेचर, मेहन्दी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज नासिर होसेन, सब्बिर रहमान, सोहेल तनविर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन छन्।

    दोस्रो खेलमा पुस २५ गते चिट्टगङ भाइकिङ्सविरूद्द प्रतिस्पर्धा गर्नेछ। विभिन्न ७ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा चिट्गङ भाइकिङ्स, कोमिल्ला भिक्टोरियन्स, ढाका डाइनामाइट्स, खुलना टाइटान्स, राजसाही किङ्स, रङपुर राइडर्स, स्याल्हेट सिक्सर्सले एक आपसविरूद्ध खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी माघ २५ गते हुनेछ।

    यता इंग्लिस क्लब चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। शनिबार भएको तेस्रो चरणको खेलमा फोरेष्टलाई २-० ले हराउँदै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो।

    घरेलु मैदानमा चेल्सीलाई जिताउन अल्भारो मोराटाले दुबै गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मोराटाले गोल गरेका हुन्। खेलको ३१ औं मिनेटमा पाएको पेनाल्टीमा चेल्सीका सेस फेब्रिग्यासले गोल गर्न चुकेका थिए।

    खेलको ४९ औं मिनेटमा मोराटाले गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५९ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टोलीले अग्रता दोब्बर पार्‍यो। त्यसपछि खेलमा दुबै तर्फबाट गोल नभएपछि चेल्सीले खेल २-० ले जित्दै चौथो चरणमा प्रवेश गर्‍यो।

    २०७५ पुष २२ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    पूर्वबाट विद्रोही नेकपाका अर्का नेता गिरफ्तार, आफन्त भन्छन्- प्रहरीले बेपत्ता पार्‍यो

    काठमाडौँ । केपी ओली सरकारले विद्रोही नेकपामाथिको दमनलाई व्यापक बनाएको छ । नेकपा नेता कार्यकर्ता...

    प्रश्नपत्र समेत आउट गरेको भन्दै डोटीका जिशिअलाई विद्यार्थीले दले कालामोसो

    डोटी । डोटीका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालाेमाेसाे दलिएको छ...

    संसदबाट विप्लवलाई ओलीको यस्तो धम्की- ‘हतियार लिएर लुरुलुरु बुझाउन आउ, नत्र जान्याछु’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका सबै गतिविधि नियन्त्रण गरेरै छाड्ने चुनौती दिएका छन् ।...

    आईपिएलमा सन्दीप पहिलो म्याचमा नै आज प्लेइङ एघारमा पर्ने सम्भावना

    काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो खेलमै...

    सुदर्शनसहित ९ जनालाई ८ दिनको म्याद थपियो, यस्तो लगायो मुद्दा

    काठमाडौं । शनिबार बिहानै गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड...