News Portal

  • आफै बुलेट चलाएर जन्तीसहित दुलाहा लिन दुलही पुगेपछि सबै चकित, हेर्नुहोस फोटोफिचर

    संचारकेन्द्र संवाददाता
    ४४६ पटक

    काठमाडौँ ।  संसारमा दिनदिनै अचम्म र अनौठा क्रियाकलापहरु भैरहेका हुन्छन् । यस्ता अनौठा कार्यले सामाजिक संजालसंगै मिडामा खुबै स्थानपनि पाउने गर्छन । यस्तै भर्खरै मात्र्र भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा रमाइलो दृश्य भाईरल बनेको ।

    भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा बुधबार दिउँसो एउटा रमाइलो दृश्य देखियो । त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् तर यहाँ भने दुलही बुलेट मोटरसाइकल लिएर जन्तीसहित ५ किलोमिटर पर रहेको दुलाहाको घरमा पुगिन् र त्यहीँ बनाइएको मण्डपमा वैवाहिक कार्यक्रम अगाडि बढ्यो ।

    दुलही थिइन् दाै‌ न् भन्ने सन्देश दिन यस्तो अलि अनौठो खालकाे काम गरेकाे बताइन् । उनले जन्ती लिएर जानु केटाहरुको मात्र कपिराइट नभएको अव्यिक्ति दिएकी छिन् । कोमल देशमुख दुलहीको भेषमा विवाहका लागि बुलेट मोटरसाइकलमा निस्किँदा वरपरका देख्नेहरुले कुनै शुटिङको दृश्य झै मानिरहेका थिए । उनीहरु सबै चकित परिरहेका थिए ।

    पछि उनका बाबुले त्यही बुलेट मोटरसाइकल उनलाई उपहार दिएका थिए ।छोरीले बुलेटमा दुलाहाको घर जाने इच्छा व्यक्त गरेको र त्यसमा दुलाहाका घरतर्फबाट पनि सकारात्मक प्रतिक्रिया आएकाले बुलेट मोटरसाइकलमा जन्ती लिएर दुलाहाको घर जाने व्यवस्था मिलाइदिएको कोमलका बाबुले बताए ।

    टलक्क टल्किने बुलेट मोटरसाइकलमा बसेकी कोमलले दुलही रातो पहिरन र कालो चश्मा लगाएकी थिइन् । आफू मोटरसाइकल चलाएर दायाँबायाँ र अगाडिपछाडि दर्जनौं कारहरुको ताँती लगाएर उनी ५ किलोमिटरको यात्रा तय गर्दै दुलाहाको घरमा पुगेकी थिइन् ।

    बुलेट माेटरसाइकल लिएर काेमल दुलाहाको घर पुग्दा दुलाहाका छरछिमेकीहरु विवाहको मण्डपमा व्यस्त थिए भने सँगै गएका जन्तीहरु नाच्दै गाउँदै विवाहघर तिर गइरहेका थिए ।दुलही मण्डपमा पुग्दा उपस्थित सबैले दुलही कोमल र जन्तीको भव्य स्वागत गरेका थिए।

    २०७५ पुष २१ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रश्नपत्र समेत आउट गरेको भन्दै डोटीका जिशिअलाई विद्यार्थीले दले कालामोसो

    डोटी । डोटीका शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालाेमाेसाे दलिएको छ...

    संसदबाट विप्लवलाई ओलीको यस्तो धम्की- ‘हतियार लिएर लुरुलुरु बुझाउन आउ, नत्र जान्याछु’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका सबै गतिविधि नियन्त्रण गरेरै छाड्ने चुनौती दिएका छन् ।...

    आईपिएलमा सन्दीप पहिलो म्याचमा नै आज प्लेइङ एघारमा पर्ने सम्भावना

    काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो खेलमै...

    सुदर्शनसहित ९ जनालाई ८ दिनको म्याद थपियो, यस्तो लगायो मुद्दा

    काठमाडौं । शनिबार बिहानै गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड...

    निर्मला हत्या प्रकरण : जिल्ला अदालतले एसपी डिल्लीराजलाई दियो यस्तो आदेश

    निकाठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग...